७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुप्तेश्वर गुफाको अध्यक्षमा गिरी सर्वसम्मत चयन

१२ असार २०७४, सोमबार ०२:५०

पर्वत । धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफाको साधारणसभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । साधारणसभाबाट गुफाको अध्यक्षमा मानकुमारी गिरी सर्वसम्मत चयन भएकी छन् ।

संस्थाको कार्य समिति अध्यक्ष तथा सदस्य चयनको कार्य आइतबार बसेको भेलाले गरेको हो । कुश्मा नगरपालिका वडा ४स्थित गुफा परिसरमा गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको थियो ।

संस्थाको अध्यक्ष मानकुमारी गिरी सहितको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । समितिका सदस्यहरुमा यामनारायण श्रेष्ठ, विपिन गुरुङ, प्रनिश गिरी, शिवप्रसाद सुवेदी, गणेश भण्डारी, शान्ति आचार्य, पवित्रा गिरी, गोविन्द श्रेष्ठ चन्द्र बहादुर क्षेत्री, गोकुल चापागाई रहेका छन् ।

सदस्यहरुलाई पदभार विभाजन भने पहिलो वैठकमा गरिने अध्यक्ष गिरीले जनाइन् । नवनिर्वाचित अध्यक्ष गिरीले गुफाको विकासका लागि आफूले सक्दो योगदान गर्ने बताइन् । सवैको साथ र सहयोगले नै गुफाको वृहत्तर विकास संम्भव हुने उनको धारणा थियो ।

कार्य समिति सदस्य चयनका लागि कमलनाथ पोख्रेलको संयोजकत्वमा दुई सदस्यहरु बलराम कर्माचार्य र तोयानाथ चालिसे सहितको निर्वाचन मण्डल गठन गरिएको थियो ।शनिवार भएको साधारणसभामा संस्थाको आर्थिक वर्ष०७०÷०७१देखि ०७३÷०७४ सम्मको आयव्यय सार्वजनिक गरिएको थियो । आयव्यय सार्वजनिक गरेका संस्थाका कोषाध्यक्ष गणेश भण्डारीका अनुसार कुल आम्दानी २ लाख ९७ हजार ५ सय छ भने उठ्न बाँकी रकम ७ लाख ४९ हजार बराबर छ । आर्थिक वर्ष ०७३÷०७४ को कुल खर्च रकम १ लाख ४८ हजार बराबर छ ।

गुफा संस्थाले विभिन्न व्यक्तिहरुलाई व्याजमा लगानी गरेको उल्लेख छ । केही व्यक्तिले गुफाको रकम व्याजमा लिएका तर लामोसमयदेखि सावाँ व्याज समेत नतिरेको देखिन्छ ।

त्यसैगरी गुफाको भौतिक संरचना निर्माण उपसमिति कोषाध्यक्ष शिवप्रसाद सुवेदीले भौतिक संरचना निर्माणका लागि ३३ लाख ७५ हजार बराबर खर्च भएको विवरण पेश गरेका थिए भने भुक्तानी दिन बाँकी हिसाव ४ लाख ९८ हजार बराबर छ । साधारणसभामा पेश भएको आयव्ययलाई अनुमोदन गरिएको छ । गुफाका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा