असार १२, काठमाडौँ । ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई पाँच वषपछि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप सैपु गाविस–१ सिरिसे कवैटार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १२, काठमाडौँ । ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई पाँच वषपछि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप सैपु गाविस–१ सिरिसे कवैटार"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्तलीलाई बलात्कार गरी हत्या गर्ने युवक पाँच बर्षपछि पक्राउ

असार १२, काठमाडौँ । ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई पाँच वषपछि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप सैपु गाविस–१ सिरिसे कवैटारका श्याम राउत रहेका छन् । राउतमाथि २०६८ माघ ५ गते सोही स्थानका १४ वर्षीया सुन्तली तामाङलाई बलात्कार गरी हत्या गरेको आरोप छ । पक्राउ राउतलाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक गणेश केसीले आफू क्षेत्रीय प्रहरी प्रमुख भएपछि सो मुद्दालाई प्राथमिकतामा राखेर अनुसन्धान गरेको बताउँदै यही असार ११ गते रुपन्देहीबाट राउतलाई पक्राउ गरेको जानकारी दिनुभयो । 

तत्कालीन समयमा प्रहरीको लापार्बाहीका कारण घटनाको अनुसन्धानमा ढिलाइ भएको स्वीकार्दै केसीले सो मुद्दालाई प्रभावित बनाउन खोज्ने प्रहरी अधिकृत सञ्जीव शर्मालाई प्रहरी सङ्गठनले थप अनुसन्धान गरी आवश्यक कारबाही गर्ने प्रष्ट पार्नुभयो । 

घटनापछि भारतका विभिन्न सहरमा बसोबास गर्दै आएका अभियुक्त राउत पक्राउ परेपछि प्रहरीसँगको प्रारम्भिक बयानमा आफू नै सो घटनाको मुख्य अभियुक्त भएको बयान दिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई