पर्वत १२ असार । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमो धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थापनमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समेत भ्याईनभ्याई भएको छ ।

वषा शुरु भएलगत्तै किसानहरुलाई खेतीवालीको कामल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत १२ असार । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमो धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थापनमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समेत भ्याईनभ्याई भएको छ ।

वषा शुरु भएलगत्तै किसानहरुलाई खेतीवालीको कामल"/>

१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

होला त सफल- मध्य बर्खामा घुम्ती शिविर

१२ असार २०७४, सोमबार १०:५४

पर्वत १२ असार । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमो धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थापनमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समेत भ्याईनभ्याई भएको छ ।

वषा शुरु भएलगत्तै किसानहरुलाई खेतीवालीको कामले भ्याईनभ्याई भएका बेला जिल्ल प्रशासन कार्यालय पर्वतले एकीकृत घुम्तीको आयोजना गरेको छ । दक्षिण पर्वतको पैंयु गाउँपालिका ४ हुवासमा असार १४ गते बुधवार शिविर आयोजना गरेको हो ।

ग्रामीण क्षेत्रमा बसोवार गर्ने सर्वसाधारण नागरिक र सेवाग्राहीको लागि सरकारी सेवामा थप पहूँच विस्तार गर्न एकीकृत घुम्ती सेवा संचालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो । जिल्लाका सवैजसो सरकारी कार्यालयहरुले सेवा प्रवाहका साथै सार्वजनिक सुनुवाई समेत गरिने भएको छ ।

आगामी बुधवार आयोजित शिविरमा नागरिकता प्रमाणपत्र वितरण तथा अन्य सिफारीस, सार्वजनिक सुनुवाई, प्रहरी मेरो साथी अभियानबारे जानकारी, धान दिवस, रोपाई महोत्सव तथा बिऊबिजयन वितरण, पशु स्वास्थ्य शिविर, स्वास्थ्य शिविर संचालन हुने भएको छ । त्यसैगरी बन संरक्षण सम्पन्धी कानूनी सचेतना लगायत स्थलगत अभ्यास, जेष्ठ नागरिक परिचय पत्र तथा अपाङ्गता भएकालाई परिचयपत्र वितरण, उद्योग तथा बाणिज्य दर्ता तथा नविकरण सम्वन्धी कार्यक्रम र आयुर्वेदीक पद्धतिवाट उपचार तथा स्वास्थ्य परिक्षण लगायका कार्यक्रम हुने भएका छन् ।

सदरमुकामबाट धेरै टाढा रहेका र कुश्माबजार सम्म आएर सेवा लिन नसक्नेहरुलाई लक्षित गरी उक्त घुम्ती शिविर आयोजना गरिएको हो । शिविरमा पैंयु गाउँपालिका, बिहादि गाउँपालिका र महाशिला गाउँपालिकाका १९वटै वडाका वासिन्दाहरुले सेवा लिनका लागि आउने र सोह अनुसार प्रचारप्रसार समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । शिविरमा आ–आफ्ना सेवा प्रवाह गर्नका लागि कुश्मामा रहेका सवै सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु हुवासमा सहभागि हुने भएका छन् ।

यातायातको राम्रो सुविधा नहुँदा उक्त क्षेत्रका वासिन्दा सदरमुकाम कुश्माबजार आउनका लागि स्याङजा र कास्की हुँदै धेरै समय र धेरै रकम खर्चेर सेवा लिन आउनुपर्ने अवस्था रहेको छ । शिविरलाई लक्षित गर्दै जिल्ला कृषि विकास कार्यालय पर्वतले पनि यस वर्षको रोपाई महोत्सव हुवासमा नै गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी