माधव बेल्वासे/असार १२, चन्द्रौटा । कपिलवस्तुमा बसोबास गर्दै आएका मुस्लिम समुदायका मानिसहरुले पनि सोमवार इद मनाएका छन् ।

उनीहरुले विहानै नुहाएर नयाँ लुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे/असार १२, चन्द्रौटा । कपिलवस्तुमा बसोबास गर्दै आएका मुस्लिम समुदायका मानिसहरुले पनि सोमवार इद मनाएका छन् ।

उनीहरुले विहानै नुहाएर नयाँ लुग"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ईद हर्षोल्लासका साथ मनाइयो

२०७४, १२ असार सोमबार ११:५४

माधव बेल्वासे/असार १२, चन्द्रौटा । कपिलवस्तुमा बसोबास गर्दै आएका मुस्लिम समुदायका मानिसहरुले पनि सोमवार इद मनाएका छन् ।

उनीहरुले विहानै नुहाएर नयाँ लुगा लगाई इदगाहमा भेला भइ सामूहिक प्रार्थना गरि मनाएका हुन । नजिकिदै गएको चुनावले इदको रौनक अझै बढाएको छ ।कपिलवस्तुका विभिन्न ठाउका इदगाहमा बिहान इदको नमाजका लागि जम्मा भएका हजारौं मुस्लिम समुदायका नागरिकलाई गैर मुस्लिम समुदायले इदको शुभकामना आदानप्रदान गरेका छन् ।

 ईदको उपलक्ष्यमा विपन्न, अशक्त, टुहुरा र असहाय व्यक्तिलाई दान दिएर यस चाडलाई खुसियालिको रुपमा पनि मनाईने मुस्लिम समुदायका अगुवा संचारकर्मि सनिउल्ला धोविले वताए ।

ईदगाहमा मुस्लिम समुदायलाई ईदको शुभकामना दिनका लागि नेकपा माओवादि केन्द्र शिवराज नगरपालिका का मेयर पदका उम्मेदवार डा प्रकाश पौडेल लगाएत उम्मेदवारहरु चन्द्रौटा समितिचोक इदगाहमा पुगेका थिए ।सुरुवात एक महिना अघिदेखि नै उम्मेदवार इदको रोजाका कार्यक्रममा सहभागी हुदै आएका थिए ।यसअघि सामाजिक सद्भावमय हुने गरेको ईद यसपटक भने चुनाव भएको छ ।शिवराज नगरपालिकामा पाच हजार दुई सय मुस्लिम समुदायका मतदाता भएका कारण अधिकांश राजनीतिक दल र उम्मेदवारको ध्यान मुस्लिम मतदातामा केन्द्रीत रहेको छ  ।

शिवराज नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जमसेर अलिले विहानै इदगाहमा पुगि नमाज पढि शुभकामना आदान प्रदान गरि मनाएको वताएका छन ।त्यस्तै शिवराज नगरपालिकाकै उपमेयर पदका उम्मेदवार महोम्द मुस्ताफाले पनि यसै गरि मनाएका छन । 

हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीपछि त्यसको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुने गर्दछ । रमजानको महिनामा इस्लाम धर्मालम्बीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म हरेक दिन एक महिनासम्म केही नखाइकन ब्रत बस्ने गर्दछन् ।  रमजान महिनाको अन्तिम दिन इद पर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल