दलसिंह गिरी/असार १३, कालिकोट । करिव ७ दशक पहिले आमा बाचु दर्जीको कोखबाट जन्मिएका विना हातका बिमल दर्जी अहिले कक्षा २ मा पढिरहेका छन् । 

नरहरीनाथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार १३, कालिकोट । करिव ७ दशक पहिले आमा बाचु दर्जीको कोखबाट जन्मिएका विना हातका बिमल दर्जी अहिले कक्षा २ मा पढिरहेका छन् । 

नरहरीनाथ"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हात विनाका विमलको पढाइलेखाई खुट्टाको साहारा

१३ असार २०७४, मंगलवार ०२:४९


दलसिंह गिरी/असार १३, कालिकोट । करिव ७ दशक पहिले आमा बाचु दर्जीको कोखबाट जन्मिएका विना हातका बिमल दर्जी अहिले कक्षा २ मा पढिरहेका छन् । 

नरहरीनाथ गाउपालिका वडा नं. १ अमनेपानी जन्मिएका विमल अहिले श्री सरस्वती आधारभूत विद्यालय वडोमेलामा मै पढिरहेका हुन् । जन्मजात दुबै हात नभएका विमल ५ बर्षको हुदा आमाको भिरबाट खरेर मृत्यु भएपछि बुवा सिद्ध दमाईले कान्छी पत्नी झिमुलाई भगाएर जेठी पत्नी घ्यार्की बाट जन्मिएका छोरा ज्ञानीलाई साथमा लिएर भारततिर पसेका छन् ।

बुवा भारत पसेपछि बेसाहारा बनेका विमल आफ्ना २ दाजु सेरबहादुर र प्रकाश सहित अहिले आफ्नै अंकल पूर्ण दर्जीको स्याहारमा बसिरहेका छन् । दाजु सेर बहादुर पनि बुदै आखा राम्रो संग देख्दैनन् । यता दुबै हातको पाखुरा भन्दा तलको भाग नै नभएका विमल खुट्टाले लेखेरै कक्षा २ मा पढिरहेका छन् । विमल कि आमा बाचु सिद्ध दर्जी की माईली पत्नी हुन् भने जेठी पत्नी घ्याकीको पहिले नै मृत्यु भैसकेको छ । 

महिला तथा बालबालिका कार्यालयबाट ख वर्गको अपाङ्गता परिचय पत्र पाएका विमलले अहिले सम्म स्थानीय तहबाट पाउने बालपोषण रकम बाहेक राज्यबाट पाउने अन्य कुनै सुबिधा नपाएको उनका संरक्षक पूर्ण दर्जी बताउछन् । 

सामान्यतया सेभ द चिल्ड्रेनको आर्थिक सहयोग किर्डाक नेपाल द्धारा संचालित सहयात्रा परियोजनाले विगत ३ बर्ष देखि शैक्षिक सामाग्री उपलब्ध गराउदै आइरहेको र हालै स्याहार सुसार तथा लत्ताकपडा सहयोग गरेको संरक्षक पूर्ण दर्जीले बताएका छन् । खाना खान समेत अर्काको साहारा चाहिने विमल कहिलेबाहि खुट्टाले समेत खानेकुरा खान बाध्य हुन्छन् ।

जिल्ला स्तरीय नागरिक समाजको सक्रियतामा आर्थिक सहायता तथा अन्य सुविधाको लागि जिल्ला प्रशासन सम्म पुर्याइएका विमलको घरायसी अवस्था बारे बुझ्दै प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले यस्तो प्रक्रितिको बालक विमलको सहायताका लागि जुनसुकै दाता तथा ब्यक्तिलाई सहयोग गरिदिन आग्रह गर्दै सुबेदीले असाय बच्चाको हितका लागि आफ्नो कार्यालय तथा क्षेत्रबाट जस्तोसुकै कदम अगाडी बढाउन तयार रहेको बताउनु भएको छ ।

यस्तै किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक एवं नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले आफ्नो तर्फबाट अहिले तत्काल ५ हजार नगद सहयोग गर्ने बताउदै विमलको कल्याणकोष स्थापनाको लागि तत्काल उनकै नाममा मंगलबार नै बैकमा खाता खोलिने बताउनु भएको छ । साथै विमलको सहायताको लागि सबै क्षेत्रले सहयोग गरिदिन समेत आग्रह गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी