दलसिंह गिरी/असार १३, कालिकोट । करिव ७ दशक पहिले आमा बाचु दर्जीको कोखबाट जन्मिएका विना हातका बिमल दर्जी अहिले कक्षा २ मा पढिरहेका छन् । 

नरहरीनाथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार १३, कालिकोट । करिव ७ दशक पहिले आमा बाचु दर्जीको कोखबाट जन्मिएका विना हातका बिमल दर्जी अहिले कक्षा २ मा पढिरहेका छन् । 

नरहरीनाथ"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हात विनाका विमलको पढाइलेखाई खुट्टाको साहारा

२०७४, १३ असार मंगलवार ०२:४९


दलसिंह गिरी/असार १३, कालिकोट । करिव ७ दशक पहिले आमा बाचु दर्जीको कोखबाट जन्मिएका विना हातका बिमल दर्जी अहिले कक्षा २ मा पढिरहेका छन् । 

नरहरीनाथ गाउपालिका वडा नं. १ अमनेपानी जन्मिएका विमल अहिले श्री सरस्वती आधारभूत विद्यालय वडोमेलामा मै पढिरहेका हुन् । जन्मजात दुबै हात नभएका विमल ५ बर्षको हुदा आमाको भिरबाट खरेर मृत्यु भएपछि बुवा सिद्ध दमाईले कान्छी पत्नी झिमुलाई भगाएर जेठी पत्नी घ्यार्की बाट जन्मिएका छोरा ज्ञानीलाई साथमा लिएर भारततिर पसेका छन् ।

बुवा भारत पसेपछि बेसाहारा बनेका विमल आफ्ना २ दाजु सेरबहादुर र प्रकाश सहित अहिले आफ्नै अंकल पूर्ण दर्जीको स्याहारमा बसिरहेका छन् । दाजु सेर बहादुर पनि बुदै आखा राम्रो संग देख्दैनन् । यता दुबै हातको पाखुरा भन्दा तलको भाग नै नभएका विमल खुट्टाले लेखेरै कक्षा २ मा पढिरहेका छन् । विमल कि आमा बाचु सिद्ध दर्जी की माईली पत्नी हुन् भने जेठी पत्नी घ्याकीको पहिले नै मृत्यु भैसकेको छ । 

महिला तथा बालबालिका कार्यालयबाट ख वर्गको अपाङ्गता परिचय पत्र पाएका विमलले अहिले सम्म स्थानीय तहबाट पाउने बालपोषण रकम बाहेक राज्यबाट पाउने अन्य कुनै सुबिधा नपाएको उनका संरक्षक पूर्ण दर्जी बताउछन् । 

सामान्यतया सेभ द चिल्ड्रेनको आर्थिक सहयोग किर्डाक नेपाल द्धारा संचालित सहयात्रा परियोजनाले विगत ३ बर्ष देखि शैक्षिक सामाग्री उपलब्ध गराउदै आइरहेको र हालै स्याहार सुसार तथा लत्ताकपडा सहयोग गरेको संरक्षक पूर्ण दर्जीले बताएका छन् । खाना खान समेत अर्काको साहारा चाहिने विमल कहिलेबाहि खुट्टाले समेत खानेकुरा खान बाध्य हुन्छन् ।

जिल्ला स्तरीय नागरिक समाजको सक्रियतामा आर्थिक सहायता तथा अन्य सुविधाको लागि जिल्ला प्रशासन सम्म पुर्याइएका विमलको घरायसी अवस्था बारे बुझ्दै प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले यस्तो प्रक्रितिको बालक विमलको सहायताका लागि जुनसुकै दाता तथा ब्यक्तिलाई सहयोग गरिदिन आग्रह गर्दै सुबेदीले असाय बच्चाको हितका लागि आफ्नो कार्यालय तथा क्षेत्रबाट जस्तोसुकै कदम अगाडी बढाउन तयार रहेको बताउनु भएको छ ।

यस्तै किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक एवं नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले आफ्नो तर्फबाट अहिले तत्काल ५ हजार नगद सहयोग गर्ने बताउदै विमलको कल्याणकोष स्थापनाको लागि तत्काल उनकै नाममा मंगलबार नै बैकमा खाता खोलिने बताउनु भएको छ । साथै विमलको सहायताको लागि सबै क्षेत्रले सहयोग गरिदिन समेत आग्रह गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल