१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते

१६ कार्तिक २०८१, शुक्रबार १५:३९

सिरहा | सिरहाको मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित मिर्चैया-कटारी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

उदयपुरको कटारीबाट मिर्चैया जाँदै गरेको ना.३.ख ७०३४ नम्बरको मिनी बसले पैदलयात्री सुभान शेखकी पाँच वर्षीय छोरी नाचपरि खातुनलाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भएर बाटोको दाहिनेपट्टि पल्टिएको थियो। यस दुर्घटनामा बसमा सवार १३ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको उपचार मिर्चैया स्थित मनकामना अस्पतालमा भइरहेको छ। पैदलयात्री नाचपरि खातुनको टाउकोमा गम्भीर चोट लागेकोले उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ। बसका चालक लक्ष्मी साह, जो सिरहा मिर्चैया नगरपालिका-६ निवासी हुन्, उनि दुर्घटनापछि फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, बसको ब्रेक नलागेकाले दुर्घटना भएको आशंका गरिएको छ भने थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु