२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते

२०८१, १६ कार्तिक शुक्रबार १५:३९

सिरहा | सिरहाको मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित मिर्चैया-कटारी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

उदयपुरको कटारीबाट मिर्चैया जाँदै गरेको ना.३.ख ७०३४ नम्बरको मिनी बसले पैदलयात्री सुभान शेखकी पाँच वर्षीय छोरी नाचपरि खातुनलाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भएर बाटोको दाहिनेपट्टि पल्टिएको थियो। यस दुर्घटनामा बसमा सवार १३ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको उपचार मिर्चैया स्थित मनकामना अस्पतालमा भइरहेको छ। पैदलयात्री नाचपरि खातुनको टाउकोमा गम्भीर चोट लागेकोले उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ। बसका चालक लक्ष्मी साह, जो सिरहा मिर्चैया नगरपालिका-६ निवासी हुन्, उनि दुर्घटनापछि फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, बसको ब्रेक नलागेकाले दुर्घटना भएको आशंका गरिएको छ भने थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा