असार १३, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार दिईने भएको छ । 

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार दिईने भएको छ । 

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम "/>

2026-07-25 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने

असार १३, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार दिईने भएको छ । 

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल(धुर्मस) र कुञ्जना घिमिरे(सुन्तली)को फाउण्डेशनलाई दिवंगत जननेता मदन भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा उक्त पुरस्कारवाट सम्मान गर्न लागिएको हो ।

असार १४ गते राजधानीमा आयोजित कार्यक्रममा फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिने बताईएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पबाट क्षति भएको काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको विपन्न मुसहरवस्तीलाई नमुना वस्ती बनाएर हस्तान्तरण गरेको थियो । यस्तै फाउडेशनले हिामाल–पहाड–तराई नमुना वस्ती बनाउने कार्यक्रम अघि सारेको छ । 

धुर्मुस् सुन्तली फाण्डेशनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नेछन् । मदन भण्डारी फाउण्डेशनले जननेता भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा असार १४ गते बुधवार साढे १ बजे प्रज्ञा भवन कमलादीमा ‘दीगो विकासको आधार स्थानीय सरकार’ विषयक विचार गोष्ठीको समेत आयोजना गरेको छ । 

विचार गोष्ठीमा एमाले अध्यक्ष ओली सहित कांग्रेस नेता डा। रामशरण महत, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष कमल थापा, लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव र संघीय समाजवादी फोरमका नेता शिवजी यादव विचार प्रस्तोताका रुपमा निम्त्याइएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले जेष्ठ २२ गते आफ्नो नयाँ परियोजना अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’को अवधारणा सार्बजनिक गरेको गरिसकेको छ । फाउण्डेशनले निर्माण गर्ने यस परियोजना पुरै नेपालको एक हिस्सा बन्ने बताईएको छ । 

फाउण्डेशनले अवधारणा सार्बजनिक गरेसंगैं एक एनिमेटेड भिडियो समेत सार्बजनिक गरेको थियो । जुन भिडियो अनुसारनै नमुना नेपालको निर्माण गरिने र नेपालमा रहेका सम्पुर्ण जातजातीहरुको आ आफ्नै सांस्कृतिक प्रतिनिधित्व हुने गरि यस परियोजना निर्माण गरिने फाउण्डेशनले बताएको छ । 

अहिले उक्त परियोजनाका लागि स्थल छनौट भईरहेको बताईएको छ । फाउण्डेशनले काठमाण्डौको ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर लगायतका पायक पर्ने एक क्षेत्रमा यस परियोजना निर्माण गर्नेछ । 

सम्भावित केही स्थानहरुको बारेमा स्थानिय निकायसंग कुराकानी भईरहेको र यसको पुर्ण जानकारी केही समयमै फाईनल भएपछि सार्बजनिक गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक