२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने

२०८१, २२ कार्तिक बिहीबार १५:२०

रियाद | साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकलाई काम चित्त नबुझे दुई महिनाभित्र स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) परिवर्तन गर्न सकिने नयाँ सुविधा उपलब्ध गराइने भएको छ। साउदी सरकारले घरेलु श्रमिकका लागि नियमहरूमा सुधार गर्दै यस्तो नीति ल्याएको हो, जसले श्रमिक–रोजगारदाता सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

साउदीको मानव संशाधन मन्त्रालयले तय गरेको नयाँ नीतिअनुसार, घरेलु श्रमिकहरूले साउदीमा आएको पहिलो दुई वर्षभित्र सम्झौता भंग गरेमा ६० दिनभित्र देश छोड्नुपर्नेछ। यदि उनीहरूले दुई वर्षपछि स्वेच्छाले काम छाडे भने, उनीहरूलाई ६० दिनभित्र नयाँ रोजगारदाता खोज्न र परिवर्तन गर्न अनुमति दिइनेछ।

नेपाललगायत श्रमिक पठाउने देशहरूले घरेलु श्रमिकहरूमाथि हुने शोषणका कारण साउदी अरेबियामा घरेलु श्रमिक आपूर्ति रोक्दै आएका छन्। नेपाली घरेलु श्रमिकलाई सुरक्षित वातावरणको प्रत्याभूति नभएकाले नेपालले घरेलु श्रमिकलाई साउदी पठाउन प्रतिबन्ध लगाएको छ। श्रम वार्ताहरूमा नेपालले घरेलु श्रमिकका लागि सुरक्षा र अधिकार सुनिश्चित गर्न विभिन्न शर्तहरू राख्दै आएको छ।

साउदी सरकारका प्रतिनिधिहरूले नेपालबाट जाने घरेलु श्रमिकको सुरक्षा र अधिकारको प्रतिवद्धता जनाउँदै नेपाललाई श्रमिक आपूर्ति पुनः सुरु गर्न आग्रह गर्दै आएका छन्। नयाँ व्यवस्थाले करार अवधि सकिएपछि रोजगारदाता परिवर्तन गर्न पाउने भएकाले समस्यामा परेका नेपाली घरेलु श्रमिकहरूलाई सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा