१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने

२२ कार्तिक २०८१, बिहीबार १५:२०

रियाद | साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकलाई काम चित्त नबुझे दुई महिनाभित्र स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) परिवर्तन गर्न सकिने नयाँ सुविधा उपलब्ध गराइने भएको छ। साउदी सरकारले घरेलु श्रमिकका लागि नियमहरूमा सुधार गर्दै यस्तो नीति ल्याएको हो, जसले श्रमिक–रोजगारदाता सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

साउदीको मानव संशाधन मन्त्रालयले तय गरेको नयाँ नीतिअनुसार, घरेलु श्रमिकहरूले साउदीमा आएको पहिलो दुई वर्षभित्र सम्झौता भंग गरेमा ६० दिनभित्र देश छोड्नुपर्नेछ। यदि उनीहरूले दुई वर्षपछि स्वेच्छाले काम छाडे भने, उनीहरूलाई ६० दिनभित्र नयाँ रोजगारदाता खोज्न र परिवर्तन गर्न अनुमति दिइनेछ।

नेपाललगायत श्रमिक पठाउने देशहरूले घरेलु श्रमिकहरूमाथि हुने शोषणका कारण साउदी अरेबियामा घरेलु श्रमिक आपूर्ति रोक्दै आएका छन्। नेपाली घरेलु श्रमिकलाई सुरक्षित वातावरणको प्रत्याभूति नभएकाले नेपालले घरेलु श्रमिकलाई साउदी पठाउन प्रतिबन्ध लगाएको छ। श्रम वार्ताहरूमा नेपालले घरेलु श्रमिकका लागि सुरक्षा र अधिकार सुनिश्चित गर्न विभिन्न शर्तहरू राख्दै आएको छ।

साउदी सरकारका प्रतिनिधिहरूले नेपालबाट जाने घरेलु श्रमिकको सुरक्षा र अधिकारको प्रतिवद्धता जनाउँदै नेपाललाई श्रमिक आपूर्ति पुनः सुरु गर्न आग्रह गर्दै आएका छन्। नयाँ व्यवस्थाले करार अवधि सकिएपछि रोजगारदाता परिवर्तन गर्न पाउने भएकाले समस्यामा परेका नेपाली घरेलु श्रमिकहरूलाई सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु