दलसिंह गिरी/असार १४, कालिकोट । बालमैत्री आचार संहिताका सवालमा पत्रकारिता पेशा जिम्मेवार मात्र नभै थप जिम्मेवार रहेको प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार १४, कालिकोट । बालमैत्री आचार संहिताका सवालमा पत्रकारिता पेशा जिम्मेवार मात्र नभै थप जिम्मेवार रहेको प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालमैत्री आचार संहिताका सवालमा पत्रकार जिम्मेवार हैन थप जिम्मेवार होः प्रजिअ सुवेदी

१४ असार २०७४, बुधबार ०३:२५


दलसिंह गिरी/असार १४, कालिकोट । बालमैत्री आचार संहिताका सवालमा पत्रकारिता पेशा जिम्मेवार मात्र नभै थप जिम्मेवार रहेको प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले बताउनु भएको छ । 

बालबालिका संग सम्बन्धित कुनैपनि घटनाहरु बढी सम्बेदनशिल हुने भएकाले ति घटनाहरु सम्प्रेशण गर्दा बालबालिकाको भविश्यमा कुनै खलल् नपुग्ने गरी सम्प्रेशण गर्नु पर्ने हुदा पत्रकारीता पेशा थप जिम्मेवार रहेको बताउनु भएको हो ।

जिल्लामा कृयाशिल संचारकर्मी र संचार माध्यमका लागि बालमैत्री आचार संहिता बारे एक दिने अभिमुखीकरण कार्यक्रममा सम्बोध गर्दै सुबेदीले पत्रकारहरुलाई बालबालिका संग सम्बन्धित कुनैपनि  घटना सम्पे्रशण गर्दा बालमैत्री आचारसंहिता भित्र रहि घटना सम्पे्रशण गर्न आग्रह गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गिरघारी सुवेदीको प्रमुख आथित्यता तथा जिल्ला बालकल्याण समिति कालिकोटका कार्यवहाक अध्यक्ष लालबहादुर मल्लको विशेष आथित्यता, जिल्लामा कृयाशिल सम्पूर्ण पत्रकारहरुको उपस्थिति रहेको छ ।

सेभ द चिल्ड्रेन, किर्डाक नेपालको आर्थिक सहयोग जिल्ला बालकल्याण समिति कालिकोटको समन्वय तथा नेपाल पत्रकार महासंघ कालिकोटको आयोजनामा आयोजित अभिमुखिकरणमा कार्यक्रमको औचित्यबारे नेपाल पत्रकार महासंघ कालिकोटका पूर्व अध्यक्ष एवं सल्लाहकार कालिबहादुर मल्लले प्रकाश पार्नुभएको छ । भने  समाचार लेखनमा अपनाईने सतर्कता र फिचर लेखन शैलीबारे पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले अभिमुखिकरण गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले संचालन गर्नु भएको अभिमुखिकरणमा सेभ द चिल्डेनका जिल्ला संयोजक विजय विश्वकर्मा, बालअधिकार अधिकृत बाले विश्वकर्मा, किर्डाक नेपालका प्रतिनिधि लगायत अन्य सबै पत्रकारहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी