पर्वत :मोदी गाउँपालिका वडा नं. ८ तिलाहारमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। धान रोप्न मेलामा गएको बे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत :मोदी गाउँपालिका वडा नं. ८ तिलाहारमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। धान रोप्न मेलामा गएको बे"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शौच गर्न जाँदा भीरबाट लडेर महिलाको मृत्यु

१४ असार २०७४, बुधबार ०४:४२

पर्वत :मोदी गाउँपालिका वडा नं. ८ तिलाहारमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। धान रोप्न मेलामा गएको बेला शौच गर्न जाने क्रममा भीरबाट लडेर २९ वर्षीया  रिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए।

उनलाई उपचारको जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको मृतक राईका श्रीमान ओमबहादुर कामीले जानकारी दिए। राई शौच गर्ने क्रममा अचानक भीरबाट लड्दा झण्डै ९० मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृतक राईको शव पोष्टमार्टमको लागि अंचल अस्पताल बागलुङ पठाइएको छ। यसैबीच, सोमबार राती मोदी गाउँपालिका वडा नं. १ भूकताङलेमा आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। कुँडो पकाउने क्रममा छोडिएको आगोबाट घरमा आगलागी हुँदा गंगाबहादुर पुनको घर नष्ट भएको प्रहरीले बताएको छ। आगलागीबाट झण्डै ५ लाख बराबरको अन्न र चौपायाको क्षती भएको छ।

पर्वतकै कुश्मा नगरपालिका वडा नं. १ पाङमा विद्युत सर्ट भई आगलागी हुँदा लक्ष्मण पौडेलको घर जलेर नष्ट भएको छ। अचानक विद्युत सर्ट भई आगलागी भएको र तत्कालै आगो नियन्त्रणमा लिँदा पनि घरको आधा भन्दा बढी भाग जलेको छ। आगलागीमा परी विभिन्न विद्युुतीय सामान, फर्निचर र गहना गरी झण्डै ६ लाख बराबरको धनमाल नष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी