असार १५ पर्वत । पर्वत पर्वतको करीब ९२ दशमलव २ प्रतिशत जनतामा शुद्ध खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’ कार्यक्रमको कार्यान्वयन भएसँगै जिल्लामा खानेपानीको पहुँच बढेको हो ।


&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५ पर्वत । पर्वत पर्वतको करीब ९२ दशमलव २ प्रतिशत जनतामा शुद्ध खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’ कार्यक्रमको कार्यान्वयन भएसँगै जिल्लामा खानेपानीको पहुँच बढेको हो ।


&n"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

९२.२५ जनतामा खानेपानीको पहुँच पुग्दै

२०७४, १५ असार बिहीबार ०३:३४

असार १५ पर्वत । पर्वत पर्वतको करीब ९२ दशमलव २ प्रतिशत जनतामा शुद्ध खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’ कार्यक्रमको कार्यान्वयन भएसँगै जिल्लामा खानेपानीको पहुँच बढेको हो ।


 चालू आर्थिक वर्षमा मात्र थप ७ दशमलव ८० प्रतिशत जनतामा पिउने पानीको पहुँच र्पुयाउन १४ ओटा आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ । चालू आवमा जिल्लाका ६ ओटा खानेपानी आयोजनालाई कुल १२ करोड ८१ लाख बजेट विनियोजन भएको थियो ।


यी आयोजनामा अघिल्ला वर्षका क्रमागत आयोजना ४५ ओटा, नयाँ १४ ओटा, बृहत् खानेपानी आयोजना दुईओटा, सहलगानी खानेपानी आयोजना एउटा र वर्षात्को खानेपानी आयोजना (घैंटो निर्माण) तीनओटा समावेश भएका छन् । 

नयाँ १४ ओटा आयोजनाको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको र सम्झौताको क्रममा रहेको छ । क्रमागत ४५ ओटा आयोजनाका लागि भने चालू आवमा ९ करोड २१ लाख २३ हजार बजेट विनियोजन भएको छ । क्रमागत बजेटअन्तर्गत नै फलेवास र हुवासमा निर्माणाधीन बृहत् खानेपानी आयोजनाका लागि यस वर्ष क्रमशः ९० लाख र ५० लाख विनियोजन भएको कार्यालयले बताएको छ । बृहत् खानेपानी आयोजनाको कुल लागत भने ११ करोड छ । जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत माझफाँटको वारीबेनीमा निर्माण हुने सहलगानी खानेपानी आयोजनाको कुल बजेट १३ करोड छ । खानेपानी आयोजना पूरा भएपछि तत्काल ८ सय धारा जडान हुनेछन् । उरामपोखरा, शङ्करपोखरी र होस्राङ्दीमा निर्माणाधीन वर्षात्को खानेपानी सङ्कलन आयोजनाका लागि भने क्रमशः १२ लाख, ८ लाख र १० लाख रकम विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल