असार १५ पर्वत। गैरसरकारी संस्थाहरुले परिवर्तीत सन्दर्भमा गाँउपालिका तथा नगरपालिका तहमा समन्वय गरेर आफ्ना परियो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५ पर्वत। गैरसरकारी संस्थाहरुले परिवर्तीत सन्दर्भमा गाँउपालिका तथा नगरपालिका तहमा समन्वय गरेर आफ्ना परियो"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गैसस महासंघ पर्वतको वधाई, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१५ असार २०७४, बिहीबार ०३:४७

असार १५ पर्वत। गैरसरकारी संस्थाहरुले परिवर्तीत सन्दर्भमा गाँउपालिका तथा नगरपालिका तहमा समन्वय गरेर आफ्ना परियोजनाहरु सँचालन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । गैरसरकारी संस्थाहरुले गाँउपालिका तथा नगरपालिकाको व्यवस्था सुदृढ गर्न र दिगोपनाका निम्ती योगदान गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिए ।


गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा मंगलवार कुश्मामा स्थानिय तहका पदाधिकारीहरु लाई वधाई, सम्मान तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएको हुन । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले गैससहरुले नगरपालिका तथा गाँउपालिका स्तरमा नै पुगेर गैसस महासंघले त्यहाँको स्थानिय सरकार र संस्थाहरु विच समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमा आफ्नो भनाई राख्दे पैयुँ गाँउपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले दुरदराज सम्म समानुपातिक वितरणको हिसावले गैससहरुले ध्यान दिन नसकेको बताउँदै आगामी दिनमा गैसस महासंघले सदस्य गैसस मार्फत हुने त्यस्ता परियोजनाहरुका कामका निम्ती समन्वकारी भूमिका खेल्न सुझाव दिनुभयो ।


मोदी गाँउपालिकाका अध्यक्ष प्रेम प्रसाद शर्माले नागरिक सँगठनका रुपमा गैससहरुले आफुहरु सँग भएको विषय विज्ञहरुवाट गाँउ तथा नगरपालिकाको दिगो संचालनको व्यवस्थाको निम्ती योगदान गर्न आग्रह गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, मोदी गाँउपालिकाका उपाध्यक्ष सेती महत, विहादी गाँउपालिकाका उपाध्यक्ष डम्मरकुमारी गुरुङ्ग, नागरिक समाज सञ्जाल पर्वतका संयोजक विश्वराज पाण्डेय, लगाएतले वोलेका थिए ।


गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष शिवप्रसाद शर्माको अध्यक्षता, सहसचिव रमेश रिजालको संचालनमा भएको कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल क्षेत्री इन्चार्ज देवीप्रसाद तिमिल्सिनाले गैसस महासंघ जिल्ला शाखाको परिचय, जिल्लामा काम गरिरहेका दातृनिकाय तथा परियोजना र आगामी दिनमा गैससहरुले खेल्नु पर्ने भूमिका विषयक प्रस्तुती पेश गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी