असार १५ पर्वत। गैरसरकारी संस्थाहरुले परिवर्तीत सन्दर्भमा गाँउपालिका तथा नगरपालिका तहमा समन्वय गरेर आफ्ना परियो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५ पर्वत। गैरसरकारी संस्थाहरुले परिवर्तीत सन्दर्भमा गाँउपालिका तथा नगरपालिका तहमा समन्वय गरेर आफ्ना परियो"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गैसस महासंघ पर्वतको वधाई, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७४, १५ असार बिहीबार ०३:४७

असार १५ पर्वत। गैरसरकारी संस्थाहरुले परिवर्तीत सन्दर्भमा गाँउपालिका तथा नगरपालिका तहमा समन्वय गरेर आफ्ना परियोजनाहरु सँचालन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । गैरसरकारी संस्थाहरुले गाँउपालिका तथा नगरपालिकाको व्यवस्था सुदृढ गर्न र दिगोपनाका निम्ती योगदान गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिए ।


गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा मंगलवार कुश्मामा स्थानिय तहका पदाधिकारीहरु लाई वधाई, सम्मान तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएको हुन । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले गैससहरुले नगरपालिका तथा गाँउपालिका स्तरमा नै पुगेर गैसस महासंघले त्यहाँको स्थानिय सरकार र संस्थाहरु विच समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमा आफ्नो भनाई राख्दे पैयुँ गाँउपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले दुरदराज सम्म समानुपातिक वितरणको हिसावले गैससहरुले ध्यान दिन नसकेको बताउँदै आगामी दिनमा गैसस महासंघले सदस्य गैसस मार्फत हुने त्यस्ता परियोजनाहरुका कामका निम्ती समन्वकारी भूमिका खेल्न सुझाव दिनुभयो ।


मोदी गाँउपालिकाका अध्यक्ष प्रेम प्रसाद शर्माले नागरिक सँगठनका रुपमा गैससहरुले आफुहरु सँग भएको विषय विज्ञहरुवाट गाँउ तथा नगरपालिकाको दिगो संचालनको व्यवस्थाको निम्ती योगदान गर्न आग्रह गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, मोदी गाँउपालिकाका उपाध्यक्ष सेती महत, विहादी गाँउपालिकाका उपाध्यक्ष डम्मरकुमारी गुरुङ्ग, नागरिक समाज सञ्जाल पर्वतका संयोजक विश्वराज पाण्डेय, लगाएतले वोलेका थिए ।


गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष शिवप्रसाद शर्माको अध्यक्षता, सहसचिव रमेश रिजालको संचालनमा भएको कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल क्षेत्री इन्चार्ज देवीप्रसाद तिमिल्सिनाले गैसस महासंघ जिल्ला शाखाको परिचय, जिल्लामा काम गरिरहेका दातृनिकाय तथा परियोजना र आगामी दिनमा गैससहरुले खेल्नु पर्ने भूमिका विषयक प्रस्तुती पेश गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल