असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्म"/>
२३ कार्तिक २०८१, शुक्रबार
पर्बत - PBT

चारतारे झण्डामुनी सिडिओ राजेश पन्थीको बास

१६ असार २०७४, शुक्रबार ०२:१०

असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्मेबारीबिपरित चारतारे झण्डामुनी बास बसेका हुन ।न्यूज सारथीमा खबर छ

हुवासमा इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको आतिथ्यतालाई लत्याएर नेपाली काँग्रेस पैंयूँ गाउँपालिकाका सभापति डम्बरबहादुर प्रधानको घरमा बास बसेका हुन । २० दिनअघि पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा पर्वतमा आएका पन्थी आर्थिक बर्ष समापन हुनै लाग्दा पर्वतको हुवासमा घुम्ती शिविर लिएर पुगेका थिए ।

उनले इलाका प्रशासन र इलाका प्रहरी कार्यालयमा बस्ने सुविधा हुँदा–हँुदै पार्टी प्रमुखको घरमा बास बसेपछि चौतर्फी आलोचित बनेका छन् । छानामा चारतारे झण्डा फरफराई रहेको घरमा पन्थी बास बसेपछि उनी चौतर्फी आलोचित बनेका छन् । ‘कुनै ब्यक्तिको घरमा बास बस्नु नराम्रो होइन तर बास बस्न आफ्नो मातहतका निकाय हुँदाहुँदै छानामाथि चारतारे झण्डा फरफराइरहेको घरमा बास बस्नु चाही उनी आफ्नो पदीय दायित्व बिर्सेको अनु्भुति भएको छ’ स्थानीय एक ब्यक्तिले भने ।

झण्डै छ महिनासम्म इलाका प्रशासन कार्यालय हुवासबाट नागरिकता बितरण गर्न नसक्दा घुम्ती शिविर लैजान नसकेको जिल्ला प्रशासन कार्यालय पर्वतले इलाका प्रशासन कार्यालयमा नागरिकता बितरण गर्नका लागि अधिकृत खटिएपछि शिविर चलाएको हो ।

शिविरमा जम्मा ३२ वटा मात्रै नागरिकता बितरण गरिएको थियो । ‘हुवासमा नियमित नागरिकता बितरण भइरहेको समयमा घुम्ती शिविरको नाममा लाखौ रुपैयाँ स्वाहा गर्नु राम्रो होइन’ पैयूँ गाउँपालिकाका एक स्थानीयले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडक दुर्घटना: पाँचको मृत्यु (अपडेट) आज शुक्रबार फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौंमा यसरी गरियो छठ समापन (फोटो फिचर) आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी विषयमा हुने छलफल त्रिभुवन विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ बढ्यो अमेरिकी डलर र युरोको भाउ एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक आजको मौसम यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन छठ पूजामा छालाको जुत्ता लगाएरै सूर्यलाई अर्घ दिएपछि राष्ट्रपतिको आलाेचना करेन्ट लागेर नेपाली सेनाको मृत्यु ‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने! उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता फेसबुक प्रेम: पेटमा गर्भ रहेको थाहा पाएपछि ब्लक गरेर प्रेमी भागेपछि.. सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा चलचित्रपूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल