पर्वत । धौलागिरिमै पहिलो पटक ठुलो लागतमा शीतभण्डारण गृह निर्माण हुँदैछ । पर्वतजिल्लास्थित मोदीगाउँपालिका वडा २ को पातीचौरमा पाँच करोडको लागतमा शीतभण्डारण गृह निर्मार्णाधिन अवस्थामा छ । 

कुल पाँच करोडको लगानीमा सम्पन्न हुने भनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । धौलागिरिमै पहिलो पटक ठुलो लागतमा शीतभण्डारण गृह निर्माण हुँदैछ । पर्वतजिल्लास्थित मोदीगाउँपालिका वडा २ को पातीचौरमा पाँच करोडको लागतमा शीतभण्डारण गृह निर्मार्णाधिन अवस्थामा छ । 

कुल पाँच करोडको लगानीमा सम्पन्न हुने भनि"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धौलागिरिमै पहिलो पटक पाँच करोडको लागतमा शीतभण्डार बन्दै

१६ असार २०७४, शुक्रबार ०२:२६

पर्वत । धौलागिरिमै पहिलो पटक ठुलो लागतमा शीतभण्डारण गृह निर्माण हुँदैछ । पर्वतजिल्लास्थित मोदीगाउँपालिका वडा २ को पातीचौरमा पाँच करोडको लागतमा शीतभण्डारण गृह निर्मार्णाधिन अवस्थामा छ । 

कुल पाँच करोडको लगानीमा सम्पन्न हुने भनिएको शीतभण्डारका लागि स्थानीय विकास मन्त्रालयबाट ५० लाख रकम विनियोजन भईसकेको छ । शीत भण्डार निर्माणका लागि अगुवा कृषक गंगा तिमिल्सिनाको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भएको छ । समितिकै अगुवाईमा  शीतभण्डार निर्माण कार्यले गत जेठको पहिलो हप्तादेखि गति लिएको हो । शीतभण्डार निर्माणका लागि समितिले करीव १४ लाख बराबर रकम खर्चिएर जमिन खरीद गरेको थियो । निर्माणाधिन शीतभण्डारको भवन करीव १३ सय वर्ग फिट छ । भवन दुई तल्ले बनाउने समितिको योजना छ । 

कृषकको फलफुल, विउ, तरकारी, अन्नवाली लगायत खाद्यउत्पादनलाई सुरक्षित राख्नका लागि शीतभण्डार निर्माण गर्न थालिएको हो । खाद्यउत्पादनलाई केही समय भण्डार गरी राख्न सकेमा मात्र पनि कृषकलाई उचित मूल्य पार्न सजिलो हुने देखिन्छ । शीतभण्डार भयो भने कृषि उपज विग्रिने र कुहिने समस्याबाट कृषक मुक्त मात्र नभई उचित बजार मूल्य समेत मिल्ने हुन्छ । 

उत्पादन भएको शीतभण्डार निर्माण सम्पन्न भएमा यसमा २० ट्रकसम्म कृषि उपज भण्डार गर्न सकिने निर्माण उपभोक्ता समितिका सदस्य सुरेन्द्रजंग लामिछानेले बताए । शीतभण्डार निर्माण पश्चात धौलागिरिकै कृषकहरु लाभान्वित हुने अगुवा कृषकहरुको दावी छ । खासगरी मोदी गाउँपालिकाको देउपुर भन्ने स्थान सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । मोदि गाउपालिकाका देउपुर, बाजुङ र तिलाहार क्षेत्रमा मात्र २० हजार सुन्तलाका बोटहरु रहेको पातीचौर कृषि सेवा केन्द्रका प्राविधिक सहायक शारदा आचार्य बताउँछिन् । मौसमले साथ दिएमा यहाँका कृषकले ५ देखि ७ करोड बराबरको सुन्तला वर्षेनी विक्री गर्दै आउने कृषि सेवा केन्द्रको भनाई छ । 

अहिले पातीचौर बजारभन्दा केही माथिको स्थानमा बन्दै गरेको शीतभण्डारको लागि शुरुवाती भौतिक संरचना निर्माण कार्य भइसकेको छ । निर्माणको कार्यलाई धमाधम अगाडि बढाएर सरकारद्धारा विनियोजित रकम हात पार्ने चटारो निर्माण समिति सदस्यहरुलाई छ  । हालसम्म निर्माणका लागि भनी सरकारबाट उपभोक्ता  समितिले रकम लिएको छैन । सदस्यहरु आफैले रकम उठाएर शीतभण्डारको लागि खर्चिदै आएको बताउछन् । जिल्ला प्राविधिक कार्यालय पर्वतले शीतभण्डार निर्माणका लागि प्राविधिक सहयोग गरिरहेको छ ।

 जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख ई.लक्ष्मीप्रसाद भण्डारीले शीतभण्डारबारे यस्तो भन्छन्–‘ जिल्लामै पहिलो पटक शीत भण्डार निर्माण गर्न लागेकोले यो हाम्रा लागि पनि रमाईलो अनुभव रहेको छ । भौतिक  संरचनाको विषय मात्र नभई शीतभण्डार निर्माणका लागि आन्तरिक प्राविधिक पक्ष अझ बढी महत्वको रहन्छ । शीतभण्डारको निर्माणलाई बढीभन्दा बढी आधुनिक प्रणालीमा लैजाने र कृषकलाई बढी लाभ दिलाउने भन्ने चुनौती बनेको छ ।’

शीतभण्डार निर्माण उपभोक्ता समितिकी अध्यक्ष गंगा तिमिल्सिनाले यसो भन्छिनु,–‘शीतभण्डार निर्माण हुनु धौलागिरिबासी कृषकहरुका लागि नै खुशीको कुरा हो । प्रचण्ड सरकारले हामी कृषकको माग र आवश्यकतालाई बुझेर ५ करोडको प्रस्तावमा शीतण्डार निर्माण गर्ने योजना बनाएको हो । यो निर्माण कार्यलाई सम्पन्न गर्न सवैको साथ र सहयोग चाहिन्छ । विशेष गरी स्थानीय जनप्रतिनिधिहरुले यो शीतभण्डारको कार्यलाई अगाडि बढाउन ध्यान दिनु आवश्यक छ । क्याङका आलु र देउपुरका सुन्तलाको मात्र कुरा नभई सिंगो धौलागिरिका कृषकहरुले उत्पादन गरेको कृषि उपजले मूल्य पाउने अवस्था हुन्छ । शीतभण्डार निर्माण पश्चात् हजारौ कृषक लाभान्वित हुने विश्वास लिन सकिन्छ ।’

समितिकी अध्यक्ष तिमिल्सिनाले जिल्ला प्राविधिक क ार्यालयका प्राविधिहरुले अझ बढी सक्रियता देखाइ दिएमा निर्माण कार्यले गति लिने धारणा राखिन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल