२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक किलो नुनको ११० रुपियाँ

२०८१, ६ मंसिर बिहीबार १६:३२

दार्चुला | दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् । सुन्दर हिमाली गाउँ दैभात पुग्न अपिहिमाल–५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नु पर्छ । दैभातवासी शिक्षा, स्वास्थ्य, पुल, सडक, यातायात, विद्युत्लगायतका सुविधाबाट वञ्चित छन् ।

दैभातका स्थानीय प्रकाशसिंह धामीले भने, “मकरीगाडबाट दैभात पुग्न सडक त टाढाको कुरा खच्चड हिँड्ने घोरेटो बाटोसमेत छैन । करिब एक दिन लाग्ने उकालो पैदलमार्ग मर्मत नगरिदिँदा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न सास्ती भोग्नु परेको छ । भरियामार्फत प्रतिकेजी ६० रुपियाँ तिर्नुपर्ने बाध्यता छ ।”

“खाने नुन मकरीगाडमा ५० रुपियाँ प्रतिकेजी पाइन्छ,” उाले भो, “६० रुपियाँ ढुवानी भाडा तिरेर ११० प्रतिकेजी नुन खानुपर्ने दैभातवासीको बाध्यता छ । खच्चड चल्ने बाटो स्थानीय सरकारले मर्मत नगरिदिँदा किनेको मूल्यभन्दा बढी ढुवानी भाडा तिर्नु परेको अर्का स्थानीय मञ्जु धामीले बताए ।” गाउँमा कक्षा ५ सम्मको मात्रै विद्यालय छ, सो विद्यालयमा पक्की भवन छैन । कक्षा ६ देखि विद्यार्थीलाई घुसा, खण्डेश्वरी पुग्न पूरै एक दिन लाग्छ । नजिकमा विद्यालय नहुँदा कि त विद्यालय छोड्नुपर्ने, कि त डेरा गरेर गाउँबाहिर विद्यालय पढ्नुपर्ने बाध्यता छ । स्वास्थ्य संस्था नहुँदा उपचार नपाइने तथा सिटामोलका लागि समेत पूरै दिनभरि हिँड्नुपर्ने बाध्यता दैभातवासीमा छ । दैभातदेखि सकारसम्म झोलुङ्गे पुल निर्माण भए विद्यालय र स्वास्थ्य संस्था पुग्न एक दिनको बाटो एक डेढ घण्टामा छोटिने भएकाले पुल निर्माण अपरिहार्य रहेको स्थानीय प्रकाश धामीले बताए।

दैभातमा अहिलेसम्म विद्युत् नपुग्दा बस्ती अन्धकारमा छ । जिल्लाभरि विद्युतीकरण भइरहेको भए पनि अहिलेसम्म दैभातमा बिजुली पुर्‍याउने कुनै सुरसार छैन । विद्युत् पोल ढुवानी गर्न समस्या भएकोले विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तारमा समस्या भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ