२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चियाको बजारीकरण र व्यवसायीकरणको समस्याबारे मन्त्री अधिकारीसँग छलफल

१५ मंसिर २०८१, शनिबार १५:२२

काठमाडौं । इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले इलाममा चियाको बजारीकरण र व्यवसायीकरणमा देखिएका समस्याबारे कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसंग छलफल गरेका छन् ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवसहितको छलफलमा इलामका व्यवसायीहरुको तर्फबाट सर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एशोसियसन नेपालका उपाध्यक्ष अभिनन्द गिरिले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा भारतीय बजारमा मात्रै निर्भर हुँदा पटक पटक समस्या आउने गरेको गुनासो पोखे ।

साथै चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि विभिन्न देशससँग छलफल तथा आवश्यक पहलका लागि मन्त्रीको ध्यानाकर्षण समेत गराए ।

युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया निर्यात गर्दा भारतीय कस्टमले दुःख दिने गरेको व्यवसायीहरुको भनाइ छ । पूर्वी नेपालको सीमा नाका पानीट्यांकीस्थित भारतीय कस्टमले इलाम र पाँचथरको प्रमाणित अर्गानिक चिया निकासीमा विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला