प्रकाश धौलाकोटी/असार २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा रहेको गुराँस बचत तथा ऋण सहकारी संस्थाले ३२ जना विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/असार २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा रहेको गुराँस बचत तथा ऋण सहकारी संस्थाले ३२ जना विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२२ असार २०७४, बिहीबार ०२:२७


प्रकाश धौलाकोटी/असार २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा रहेको गुराँस बचत तथा ऋण सहकारी संस्थाले ३२ जना विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । 

संस्थाले आफ्नो चौथो स्थापना दिवसको अवसरमा म्याङलुङ्ग–१ को थलडाँडास्थित रामथला आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 

विद्यालयमा अध्ययन सबै ३२ जना विद्यार्थीहरु लाई प्रति व्यक्ति तीन सय रुपैयाँ बराबरका कापी, पेन्सिल, डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको संस्थाका सचिव लक्ष्मीनारायण मिश्रले बताए । 


संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुले विद्यालयमा पुगेर आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले शैक्षिक सामाग्री वितरण गरे ।

सहकारीले सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरणको कार्यक्रम राख्नु प्रशंशानीय भएको जिशिअ पोखरेलले बताए । उनले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न आग्रह गरे । शैक्षिक सामाग्री पाएपछि नानीहरुलाई विद्यालय आउन सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान तामाङले बताए ।


विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरुको पढाईलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुगेको प्रधानाध्यापक भवानीप्रसाद इस्वोले बताए । ०७० साल असार २१ गतेबाट म्याङलुङ्ग नगरपालिका–१ मा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको सहकारीमा हाल ८ सय ३९ जना शेयर सदस्य रहेका छन् । सहकारीले हालसम्म ३ करोड बढी निक्षेप संकलन गरेको छ भने पुँजी १ करोड बढी रहेको जनाएको छ । 

शैक्षिक सामाग्री वितरण कार्यक्रम संस्थाका अध्यक्ष टिकाराम खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपक कट्टेलले  कार्यक्रमको औचित्यबारे प्रष्ट्याउँदै सहभागीलाई स्वागत गरेका थिए । 

संस्थाले अहिलेसम्मको चार वर्षको अवधिमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत थुप्रै कार्यक्रमहरु गरिसकेको व्यवस्थापक मिननाथ दाहालले बताए ।


उनका अनुसार संस्थाले यसअघि रक्तदान, सिंहवाहिनी मन्दिर सरसफाई तथा रङरोगन, संरक्षण, स्वच्छ र हराभरा म्याङलुङ्ग अभियानको थालनी, प्रकोप पीडितहरुलाई राहत लगायत कामहरु गर्दै आएको छ । अहिले संस्थाले दैनिक कार्यालय सन्चालन गरी बचत, ऋण लगानी, असुली लगायत विभिन्न कारोबार गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य