२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६८ लाख हुन्डी रकमसहित चार जना पक्राउ

३ पुष २०८१, बुधबार १२:५४

काठमाडौँ | प्रहरीले ६८ लाख रुपैयाँ हुन्डीको रकम र चेकसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा मंगलबार राति पौने १२ बजे राति काठमाडौंको एयरपोर्ट शम्भुमार्ग स्थित सडक खण्डमा हुन्डीको रकमसहित ४ जनालाई पक्राउ गरेको हो ।

अवैध रुपमा हुण्डी कारोबार भइरहेको सुचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले शंका लागेर सोही स्थानमा रोकी राखेको प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको सेतो रङको हुन्डाई कम्पनीको क्रेटा कार चेकजाँच गर्ने क्रममा चार जनालाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –३२ दोभानपुल घर भएका ४६ वर्षीय राज कुमार माली, काठमाडौं महानगरपालिका – १० नयाँ बानेश्वर घर भएका १८ वर्षीय आवाद सिंह, झापा विर्तामोड घर भएका २७ वर्षीय युवराज सुवेदी र झापा अर्जुनधारा नगरपालिका –७ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय प्रवेश कुमार पौडेल रहेका छन् ।

उनीहरुको साथबाट नेपाली नगद ६८ लाख रुपैंया र रकम उल्लेख गरिएका ५ थान चेकसहित फेला परेको थियो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ संसोधित १२५(क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव