Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रेष्ठ अपहरणका योजनाकार सार्वजनिक, घर्तीको पनि हत्या गरेको खुलाशा

२०७४, २७ असार मंगलवार १३:२९


असार २७, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका ब्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि हत्या भएको रहस्य खुलेको छ ।

श्रेष्ठलाई हत्या गर्ने क्रममा प्रत्यक्षदर्शी रहेका दाङकै घर्तीलाई पनि अपहरणकारीले सँगै लगेका थिए । रुकुम जान छुट्टै गाडीमा चढेका घर्तीले श्रेष्ठको अपहरण भइरहेको देखेको र अपहरणकारीलाई चिनेर बोलाएपछि उनीहरुले श्रेष्ठसँगै घर्तीलाई पनि अपहरण गरेका थिए । 

अपहृत घर्तीलाई पनि श्रेष्ठकै हत्याको दिन सल्यानको झिम्पे क्षेत्रमै हत्या गरिएको अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका छन् । यद्यपि उनको शव फेला परेको छैन ।

यसैबीच श्रेष्ठको अपहरण गरी हत्या गर्ने मुख्य अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका मुख्य योजनाकारको रुपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका ८ बस्ने २८ बर्षीय भुपेन्द्र भण्डारी र तुलसीपुर ११ बस्ने ३० बर्षीय खुमबहादुर केसीलाई पक्राउ गरेको छ । 

भण्डारीलाई तुलसीपुरबाटै र केसीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

त्यस्तै मुख्य अभियुक्तको रुपमा पक्राउ पर्नेहरुमा सल्यान झिम्पे कोरवाङ घर भइ हाल दाङको साविक हेकुली ६ बालापुर बस्ने ३७ बर्षीय मानबहादुर भण्डारी, दाङकै साविक शान्तिनगर ४ घर भइ हाल तुलसीपुर ६ बस्ने ३९ बर्पीय टीकाराम घर्ती र उनकै छोरी १८ बर्षीया पूजा घर्ती रहेका छन् । उनहिरुलाई बाँकको डुडुवा गाउँपालिका ६ स्थित नेपाल भारतको सिमानामा पर्ने हिरमोनिया भन्ने ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै घटनामा संलग्न रहेको अभियोगमा तुलसीपुर ९ का ४१ बर्षीय नारायण ओलीलाई पनि पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । 

गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ