२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

बसन्तपुरमा पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सुरु

२०७४, २७ असार मंगलवार १३:५९

प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । तेह्रथुमको बसन्तपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर मंगलबार सुरु भएको छ । शिविरको पहिलो दिन ८६ जना महिलाले परीक्षण तथा पाठेघरको क्यान्सर बारे जानकारी लिएका छन् । 

त्यसमध्ये छ जनालाई क्यान्सर हुन सक्ने देखिएपछि उपचारका लागि रेफर गरिएको छ । सभासद सीता गुरुङ मार्फत संसद विकास कोषको सहयोगमा प्रगतिशिल तमु युवा समाजले आयोजना गरेको शिविरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरे सहितको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतीकरण गरिरहेको अध्यक्ष हेमन्त गुरुङले बताउनुभयो । 

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले ग्रामीण क्षेत्रका महिलाको मुख्य समस्याको रुपमा पाठेघर सम्बन्धी रोग र समस्याहरुको निदानका लागि शिविर महत्वपुर्ण भएको बताउनुभयो ।

‘गाउँका आमा दिदीबहिनीहरु प्रसुति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्छ, खानपिन र सरसफाई पनि मिल्दैन,’ उहाले भन्नुभयो, ‘त्यसैले आमा दिदीबहिनीको पाठेघरमा छिट्टै सक्रमण हुनेगर्छ ।’ गाउँका महिलाले पाठेघर सम्बन्धी समस्या खुलेर नभन्ने र रोग लुकाएर बस्ने गरेकाले पनि यस सम्बन्धी सचेतना जरुरी देखेर कार्यक्रम राखि दिएको गुरुङले बताउनुभयो ।

यस सम्बन्धी कार्यक्रम संसद विकास कोषको सहयोगमा वर्षेनि भइरहेको छ । यो भन्दा अगाडि पनि पाठेघर र स्तन क्यान्सर सम्बन्धी शिविर र सचेतना कार्यक्रम म्याङलुङ्ग, आठराई र छथरमा पनि भइसकेको तमु युवा समाजका अध्यक्ष गुरुङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से