८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

बसन्तपुरमा पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सुरु

२७ असार २०७४, मंगलवार १३:५९

प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । तेह्रथुमको बसन्तपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर मंगलबार सुरु भएको छ । शिविरको पहिलो दिन ८६ जना महिलाले परीक्षण तथा पाठेघरको क्यान्सर बारे जानकारी लिएका छन् । 

त्यसमध्ये छ जनालाई क्यान्सर हुन सक्ने देखिएपछि उपचारका लागि रेफर गरिएको छ । सभासद सीता गुरुङ मार्फत संसद विकास कोषको सहयोगमा प्रगतिशिल तमु युवा समाजले आयोजना गरेको शिविरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरे सहितको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतीकरण गरिरहेको अध्यक्ष हेमन्त गुरुङले बताउनुभयो । 

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले ग्रामीण क्षेत्रका महिलाको मुख्य समस्याको रुपमा पाठेघर सम्बन्धी रोग र समस्याहरुको निदानका लागि शिविर महत्वपुर्ण भएको बताउनुभयो ।

‘गाउँका आमा दिदीबहिनीहरु प्रसुति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्छ, खानपिन र सरसफाई पनि मिल्दैन,’ उहाले भन्नुभयो, ‘त्यसैले आमा दिदीबहिनीको पाठेघरमा छिट्टै सक्रमण हुनेगर्छ ।’ गाउँका महिलाले पाठेघर सम्बन्धी समस्या खुलेर नभन्ने र रोग लुकाएर बस्ने गरेकाले पनि यस सम्बन्धी सचेतना जरुरी देखेर कार्यक्रम राखि दिएको गुरुङले बताउनुभयो ।

यस सम्बन्धी कार्यक्रम संसद विकास कोषको सहयोगमा वर्षेनि भइरहेको छ । यो भन्दा अगाडि पनि पाठेघर र स्तन क्यान्सर सम्बन्धी शिविर र सचेतना कार्यक्रम म्याङलुङ्ग, आठराई र छथरमा पनि भइसकेको तमु युवा समाजका अध्यक्ष गुरुङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए