१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा हात्तीपाइले विरुद्ध औषधि खुवाइदै

२३ फाल्गुन २०७२, आईतवार १३:०७

डिवि विष्ट/फागुन २३, बझाङ । बझाङ लगायत देशैभरका ३६ जिल्लाहरुमा यही फागुन २९, ३० र चैत्र १ गते हात्तिपाइले रोग विरुद्ध औषधि खुवाइने भएको छ ।

हात्तिपाइले रोग फैलनवाट रोक्न तथा विरामीको सँख्यामा कमी ल्याउने उदेश्यले औषधि खुवाइन लागिएको हो । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका कारण हातखुट्टा तथा गुप्तांग सुनिने, निको नहुने गरी असक्त हुने साथै हात्तिपाइले रोगको कारण हाइड्रोसिल हुने गरेको श्वास्थ्यकर्मीहरुले बताएका छन ।

हात्तिपाइले रोगबाट बच्न ६ पटक सम्म औषधि सेवन गर्नुपर्ने र बझाङमा यो चौथो पटक औषधि खुवाइन लागिएको जिल्ला श्वास्थ्य कार्यालय बझाङका फोकल प्रसन शिद्धराज भट्टले बताउनुभयो ।

बझाङमा यो औषधि खुवाउने अभियानमा ११ सय जना तालीम प्राप्त स्वयमसेवक र ३५० जना स्वास्थ्य कर्मी परीचालन हुने जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु