१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

दलित भएकै कारण कोठा भाडामा पाएनन्

३ चैत्र २०७२, बुधबार ०७:२३

सम्राट सिंह । चैत ३, बझाङ । नापी कार्यालय बझाङमा अमिन पदमा कार्यरत महेश विक दलित भएकै कारण कोठा भाडामा नपाएर झण्डै एक महिना अघिदेखि भौतारि रहेका छन । सदरमुकाम चैनपुर बाट झण्डै एक महिना अगाडि नापी कार्यालय देवलमा सरेपछि उनी अर्को कोठा भाडामा लिन भौतारिए पनि उनले दलित भएकै कारण देवलमा कोठा भाडामा पाउन सकेका छैनन् ।

छाउछुत हुने र देउता रिसाउने डरले यहाँका मानिसहरु अझै रुढीबादी परम्परा देखि त्रसित छन । जिल्लालाई छुवाछुत मुक्त घोषणाका नाममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले लाखौ रकम खर्चेतापनि प्रभाव भने शुन्य छ । जयपृथ्वी नगरपालिका भित्रनै दलितको अवस्था दयनिय छ भने गाउँ घरको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

कोठा भाडाका लागि पन्ध्र/बीस घरमा पुगे, घरमालिकलाई सोध्दा बिहान कोठा भाडामा छ भन्छन दलित भनेर थाहा पाएपछि बेलुका सामान लिएर जाँदा अनेकौँ बाहाना गरेर कोठा छैन भन्छन अब म कहाँ जाउँ पिडित महेशले दुखेसो पोखे । सांसद चन्द्रा जोशी को घरमा समेत बिहान कोठा भाडामा छ भनेको र दलित भनेर थाहा पाएपछि घर मर्मत गर्नु छ भनेर पन्छ्याएको बताए । भाडामा कोठा नपाएर २ हप्ता सम्म कार्यालय सहयोगी सँगै सुतेर रात काटेको समेत उनले थपे ।

बझाङमा महिना दिन सम्म कोठा भाडामा नपाउँदा विभिन्न समस्या भोगेपछि उनले सांसद अफिलाल ओखेडालाई समाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन बझाङमा दलित भएकै कारण तपाई जस्तै सांसद चन्द्रा जोशीको बाँझो घरमा कोठा भाडामा नपाउनु यो कतिसम्म अत्याचारी हो । उनले यसबारे सांसद ओखेडा सँग बाँकी फोनबाट कुरा गर्ने पनि सञ्जालमा उल्लेख गरेका छन ।

जतिसुकै छुवाछुत मुक्त का कुरा गरेपनि बझाङ जिल्लामा दलित/दलित बिच नै छुवाछुत छ । ठूलो जातले सानो जातलाई गर्ने व्यवहार उस्तै छ । महिनावारी,सुत्केरी भएको बेला पनि छाउछुत हुन्छ भनेर अलग्गै राख्ने प्रचलन कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु