१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बालविवाह नगर्ने किशोर–किशोरीको प्रतिबद्घता

५ चैत्र २०७२, शुक्रबार ०६:३२

सम्राट सिंह, चैत ५, बझाङ / सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका किशोर किशोरीहरुले बाल बिवाह नगर्ने लिखित प्रतिबद्घता गरेका छन । धर्म, संस्कृति र रितिरिवाजका नाममा हुने बाल विवाह रोक्न बिहिबार किशोर किशोरीले उमेर नपुगी बिवाह नगर्ने लिखित प्रतिबद्घता जनाएका हुन ।

balbibaha
संयुक्त राष्ट्रसंघीय जनसङख्या कोषको आर्थिक सहयोग तथा महिला तथा बालबालिका कार्यालय बझाङले आयोजना गरेको बाल बिवाह संम्बन्धि अन्तरपुस्ता संम्बाद कार्यक्रममा बाल विवाहका कारण समस्या र चुनौतीका बारेमा बहस भएको थियो ।
गाउँ –गाउँमा बाल विवाह विरुद्घ संञ्जाल गठन गरेर बाल बिवाह सम्बन्धि जनचेतना फैलाउने तथा बाल बिवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याई कारबाहि गरे बाल बिवाहमा कमी आउने कार्यक्रममा सहभागी बिमला जोशीले बताइन् । उनले भनिन् अब सबै मिलेर बाल बिवाह जिल्लाबाट नै मुक्त गर्नुपर्छ ।

उमेर नपुगी बिवाह गर्दा विभिन्न मानसिक तथा शारीरिक समस्या भोग्नुपर्ने र घरबार समेत दिगो नहुने समस्या देखा परेपछि सदरमुकामका मात्र नभई जिल्लाका विकट गाविसका किशोर किशोरीहरु बाल बिवाह रोक्न तम्सिएका छन ।
जिल्लाको गम्भीर र चुनौतीको रुपमा रहेको बाल बिवाह रोक्न विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले गाउँ गाउँमा जनतचेतना जगाउने, सडक नाटक गर्ने र स्थानिय पत्रपत्रिका तथा रेडियोहरुबाट बाल बिवाह सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रकाशित र प्रसारण गर्दै आएका छन ।

उमेर नै नपुगी बिवाह गर्दा सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुने लगायतका समस्या देखा पर्ने संयुक्त राष्ट्रसंघीय जनसङख्या कोषका कार्यक्रम संयोजक धन बहादुर लम्सालले बताए । उनले भने बाल बिवाह रोक्न सबैले आ–आफ्नो ठाउँबाट पहल गरे बझाङ छिट्टै बाल बिवाह मुक्त जिल्ला हुन्छ ।

कार्यक्रममा उपस्थित झण्डै १ सय ५० किशोर किशोरीहरुले उमेर नपुगी बिवाह नगर्ने भनी ब्यानरमा हस्ताक्षर गरी प्रतिबद्घता जनाएका थिए । २९ प्रतिशत किशोर किशोरीहरुले १५ देखि १९ बर्षको उमेरमा नै बिवाह गर्ने गरेको महिला तथा बाल बालिका कार्यालय बझाङको तथ्यांकमा उल्लेख छ ।

बाल बिवाह सम्बन्धि उजूरीहरु जिल्ला प्रहरी कार्यालयमा अत्यन्त न्यून आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवेन्द्र मल्लले बताए । उजूरी परे कानुन अनुसार नै कारबार्हि प्रक्रिया अगाडी बढाइने उनको भनाइ छ ।

जिल्लाका सुर्मा, दौलिचौर, रिलु, काँडा, दाँतोला, धमेना, मेलबिसौना, कैलाश, लामातोला, माझिगाउँ, सैनपसेला, पारकाट्ने, दंगार्जी, दहबगर, स्याडी, भातेखोला, सुनिकोट कोटदेवल, खिरातडी लगायतका गाविसहरुमा बाल बिवाह गर्ने प्रचलन बढ्दो छ ।

बाल बिवाह न्यूनिकरण गर्न जिल्लामा विभिन्न जनचेतना मूलक कार्यक्रमहरु संञ्चालन गरी अभियानकै रुपमा लागि परेका छौ महिला तथा बालबालिका कार्यालय बझाङका प्रमुख लिला घलेले भनिन् । खुला दिसामुक्त ,पूर्ण खोप युक्त भइसकेको बझाङमा अब बाल बिवाह मुक्त गर्ने तयारी पनि भइरहेको उनले बताइन् ।

फोटो क्याप्सन : बाल बिवाह संम्बन्धि अन्तरपुस्ता संम्बाद कार्यक्रममा बोल्दै महिला तथा बाल बालिका कार्यालयका प्रमुख लिला घले तस्बीर सम्राट सिंह बझाङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल