२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बालविवाह नगर्ने किशोर–किशोरीको प्रतिबद्घता

२०७२, ५ चैत्र शुक्रबार ०६:३२

सम्राट सिंह, चैत ५, बझाङ / सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका किशोर किशोरीहरुले बाल बिवाह नगर्ने लिखित प्रतिबद्घता गरेका छन । धर्म, संस्कृति र रितिरिवाजका नाममा हुने बाल विवाह रोक्न बिहिबार किशोर किशोरीले उमेर नपुगी बिवाह नगर्ने लिखित प्रतिबद्घता जनाएका हुन ।

balbibaha
संयुक्त राष्ट्रसंघीय जनसङख्या कोषको आर्थिक सहयोग तथा महिला तथा बालबालिका कार्यालय बझाङले आयोजना गरेको बाल बिवाह संम्बन्धि अन्तरपुस्ता संम्बाद कार्यक्रममा बाल विवाहका कारण समस्या र चुनौतीका बारेमा बहस भएको थियो ।
गाउँ –गाउँमा बाल विवाह विरुद्घ संञ्जाल गठन गरेर बाल बिवाह सम्बन्धि जनचेतना फैलाउने तथा बाल बिवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याई कारबाहि गरे बाल बिवाहमा कमी आउने कार्यक्रममा सहभागी बिमला जोशीले बताइन् । उनले भनिन् अब सबै मिलेर बाल बिवाह जिल्लाबाट नै मुक्त गर्नुपर्छ ।

उमेर नपुगी बिवाह गर्दा विभिन्न मानसिक तथा शारीरिक समस्या भोग्नुपर्ने र घरबार समेत दिगो नहुने समस्या देखा परेपछि सदरमुकामका मात्र नभई जिल्लाका विकट गाविसका किशोर किशोरीहरु बाल बिवाह रोक्न तम्सिएका छन ।
जिल्लाको गम्भीर र चुनौतीको रुपमा रहेको बाल बिवाह रोक्न विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले गाउँ गाउँमा जनतचेतना जगाउने, सडक नाटक गर्ने र स्थानिय पत्रपत्रिका तथा रेडियोहरुबाट बाल बिवाह सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रकाशित र प्रसारण गर्दै आएका छन ।

उमेर नै नपुगी बिवाह गर्दा सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुने लगायतका समस्या देखा पर्ने संयुक्त राष्ट्रसंघीय जनसङख्या कोषका कार्यक्रम संयोजक धन बहादुर लम्सालले बताए । उनले भने बाल बिवाह रोक्न सबैले आ–आफ्नो ठाउँबाट पहल गरे बझाङ छिट्टै बाल बिवाह मुक्त जिल्ला हुन्छ ।

कार्यक्रममा उपस्थित झण्डै १ सय ५० किशोर किशोरीहरुले उमेर नपुगी बिवाह नगर्ने भनी ब्यानरमा हस्ताक्षर गरी प्रतिबद्घता जनाएका थिए । २९ प्रतिशत किशोर किशोरीहरुले १५ देखि १९ बर्षको उमेरमा नै बिवाह गर्ने गरेको महिला तथा बाल बालिका कार्यालय बझाङको तथ्यांकमा उल्लेख छ ।

बाल बिवाह सम्बन्धि उजूरीहरु जिल्ला प्रहरी कार्यालयमा अत्यन्त न्यून आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवेन्द्र मल्लले बताए । उजूरी परे कानुन अनुसार नै कारबार्हि प्रक्रिया अगाडी बढाइने उनको भनाइ छ ।

जिल्लाका सुर्मा, दौलिचौर, रिलु, काँडा, दाँतोला, धमेना, मेलबिसौना, कैलाश, लामातोला, माझिगाउँ, सैनपसेला, पारकाट्ने, दंगार्जी, दहबगर, स्याडी, भातेखोला, सुनिकोट कोटदेवल, खिरातडी लगायतका गाविसहरुमा बाल बिवाह गर्ने प्रचलन बढ्दो छ ।

बाल बिवाह न्यूनिकरण गर्न जिल्लामा विभिन्न जनचेतना मूलक कार्यक्रमहरु संञ्चालन गरी अभियानकै रुपमा लागि परेका छौ महिला तथा बालबालिका कार्यालय बझाङका प्रमुख लिला घलेले भनिन् । खुला दिसामुक्त ,पूर्ण खोप युक्त भइसकेको बझाङमा अब बाल बिवाह मुक्त गर्ने तयारी पनि भइरहेको उनले बताइन् ।

फोटो क्याप्सन : बाल बिवाह संम्बन्धि अन्तरपुस्ता संम्बाद कार्यक्रममा बोल्दै महिला तथा बाल बालिका कार्यालयका प्रमुख लिला घले तस्बीर सम्राट सिंह बझाङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला