२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

स्वास्थ्य मन्त्रालयको मुल्याङ्कनमा सुदूरपश्चिमका ५ जिल्ला उत्कृष्ट दशमा

२०७२, ८ चैत्र सोमबार ०३:१३

डिवि विष्ट/चैत ८, बझाङ । स्वास्थ्य मन्त्रालयले हरेक वर्ष गर्ने कार्य सम्पादन मुल्याङ्कनका आधारमा देशभरका ७५ जिल्लामध्ये प्रदेश नम्वर ७ का पाँच जिल्ला उत्कृष्ट दशमा परेका छन ।

स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७१÷०७२ मा कार्य सम्पादनका आधारमा गरेको स्वास्थ्य मुल्याङ्कनमा अछाम, बैतडी, कञ्चनपुर, डोटी र बझाङ्ग उत्कृष्ट दशमा परेका हुन ।

देशभरमै पाल्पा गत बर्ष झै पहिलो स्थानमा रहेको छ । ७ नम्वर प्रदेशका ९ जिल्ला मध्ये अछाम ८८ दशमलव १ अंक प्राप्त गर्दै दोस्रो, बैतडी ८६ दशमलव ८ अंक ल्याउदै चौथो, ८५ दशमलव ८ अंक ल्याउदै कञ्चनपुर सातौं, ८५ दशमलव ६ अंक ल्याउदै डोटी आठौं र ८५ दशमलव २ अंक ल्याउदै बझाङ्ग नवौ स्थानमा रहेका छन । सुदुरका अन्य जिल्लाहरु बाजुरा १९ आंै, कैलाली २४औं, दार्चुला २७ औं, डडेल्धुरा ३१ औ नम्बरमा रहेका छन ।

कार्यक्रम कार्यान्वयनको अवस्था, बजेट खर्च, कार्यालयमा उपस्थिति, रिपोर्टिङ, लगायत मुल्याङ्कन टोलीले तयार पारेको ३५ वटा सूचकबाट प्राप्त अंकका आधारमा उत्कृष्ट जिल्ला छनोट गरिएको जिल्ला स्वास्थ्य कार्यलयका डा. विष्णु खतीवडाले जानकारी दीनु भयो ।

डा. विष्णु खतीवडाले आगामी बर्षमा बझाङ जिल्ला लाई तेस्रो स्थानमा ल्याउने र क्रमश पहीलो स्थानमा पारेरै छोड्ने दाबि गर्नु भयो । उहाँले जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुले समेत साथ दिएका कारणले जिल्ला अस्पताल सिमखेत ७५ जिल्ला मध्ये स्वास्थ्य क्षेत्रमा नबौ सथनमा परेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु