२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

२०८१, २३ पुष मंगलवार १५:१०

काठमाडौँ | सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन् ।

दश वर्ष मलेसियामा बसेर फर्किएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिएका छन् ।

उनले तीन वर्षअघि पाँच लाख लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गरेको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरूको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उनले बताए ।

‘सीप र पुँजी छ भने मान्छे भोकले मर्दैन’, उनले भने, ‘आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ ।’ उनले पाँच जनालाई रोजगारी प्रदान गरेको बताए । हाल एउटै मेसिनबाट दिनरात काम गरिरहेको उनले बताए ।

स्थानीय सरकारको सहयोग पाएमा आगामी दिनमा मेसिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने योजना बनाएको उनको भनाइ छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण (रेमी) परियोजनामार्फत उनको उद्यमलाई प्रवर्द्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो