१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका ७ वटा सहकारी खारेजी

१४ चैत्र २०७२, आईतवार ११:४९

डिवि विष्ट, चैत १४, बझाङ / बझाङ जिल्लाका ७ वटा सहकारी संस्था खारेजी भएका छन् । जिल्लाका ५६ वटा सहकारीहरु खारेजीको लिष्टमा परेका भए पनि ७ वटा सहकारी खारेजी भएका हुन ।

मीती २०५० साल ८ महीना २८ गते दर्ता भएको दर्ता नं. २०५० । ५१ रहेको श्री खापर जगन्नाथ सहकारी संस्था लिमीटेड पाराकाट्ने बझाङ , मीती २०५२ साल २ महीना १९ गते दर्ता भएको दर्ता नं. ७२५ रहेको सुर्मा देवि सहकारी संस्था दौलीचौर चौगाँऊ बझाङ, दर्ता नं. १५३३ रहेको २०५३ साल ११ महीना १६ गते दर्ता भएको माईतीबन सहकारी संस्था लिमीटेड कोटदेबल बझाङ, दर्ता नं.४०५८ रहेको २०५५ साल ८ महीना १३ गते दर्ता भएको धमेना सहकारी संस्था लिमीटेड धमेना बझाङ खारेजी भएको सहकारी डिभिजन कार्यलय डोटीले जनाएको छ ।

त्यस्तै दर्ता नं. २१७/५६/५७ रहेको मिति ०५६/५७ मा दर्ता भएको खप्तड बचत तथा ऋण सहकारी संस्था कोटभैरव बझाङ , दर्ता नं.३२१ रहेको मिति २०६३ साल ८ महीना ८ गते दर्ता भएको खप्तड परिदृष्य थलारा बहुउदेश्य सहकारी संस्था लीमीटेड कोटभैरव ८ बझाङ र मिति २०६५ साल ११ महीना २६ गते दर्ता भएको दर्ता नं. १२४/०६५/५६ रहेको नवयुग बहुउदेश्य सहकारी संस्था लिमिटेड पिपलकोट ८ दान्तोली बझाङ का सहकारी खारेजी भएका हुन् ।

यी सहकारीहरुले नियमीत रुपमा डिभिजन सहकारी कार्यलयमा बुझाउनु पर्ने विवरणहरु नबुझाएको , बार्षीक साधारण सभा , लेखा परिक्षण नगरेको , स्विकृति विनीयम बमोजीम कारोबार नगरी निस्कृय रही सहकारी डिभिजन कार्यलय डोटीले गरेको निरीक्षणका क्रममा सहकारी संस्थामा जाँदा सहकारी संस्थाका सन्चालक एवंम् सेयर सदस्य संग भेट नभएको र सहकारी डिभिजन कार्यलय बाट विभिन्न समयमा पठाएका निर्देशन पत्रको समेत बेवास्ता गरेका कारणले सहकारी ऐन २०४८ को दफा ४१ (३) बमोजीम उदेश्य विपरीत काम कार्वाही निस्कृयताको आधारमा सहकारी डिभिजन कार्यलयको मिति २०७२/११/१८ गतेको निर्णयले बझाङका ७ वटा सहकारी खारेजी गरेको हो ।

५६ वटा सहकारीहरु मध्ये ७ वटा सहकारी खारेजी भएको र बाँकी ४९ वटा सहकारीहरुले सहकारी डिभिजन कार्यालयमा सम्पर्क राखेको र समयमा नै आफ्नो सहकारीले गरेको सप्रमाणहरु पेश गरेकाले ४९ वटा सहकारी खारेजी नभएका जिल्ला बचत तथा ऋण सहकारी संघका ब्यावस्थापक कर्ण बहादुर कठायतले बताए । हाल बझाङ जिल्ला बाट सहकारी डिभिजन कार्यलय डोटीमा झन्डै २०० सहकारी दर्ता भएका छन् भने जिल्ला बचत तथा ऋण सहकारी संघ चैनपुरमा ३८ वटा सहकारी आबद्ध रहेको कठायतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन