७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा

२ माघ २०८१, बुधबार १२:४२

टोरन्टो। क्यानाडाको ब्राम्पटन निवासी नेपाली मूलका शिशिर आचार्यले १० लाख क्यानेडियन डलरको चिट्ठा जितेका छन्। क्यानाडाका नेपालीले जितेको सम्भवतः यो नै हालसम्मको सबैभन्दा ठूलो धनराशिको चिट्ठा हो।

गत डिसेम्बर ३ मा भएको लोट्टो म्याक्स ड्रमा आचार्यले म्याक्समिलियन्स पुरस्कार जितेका थिए। चिट्ठा खोलिएको भोलिपल्ट अन्टारियो लटरी एण्ड गेमिङ कर्पोरेशन (ओएलजी) एपमा टिकट स्क्यान गर्दा आफुले जितेको उनले थाहा पाएका थिए।

‘पहिला विश्वासै लागेन। चिट्ठालाई सात–आठ पटक स्क्यान गरेर हेरें होला’, उनलाई उद्धृत गर्दै ओएलजीको विज्ञप्तिमा भनिएको छ, ‘पेटमा काउकुति लागेको जस्तो भयो र मेरो मुटुको धड्कन बढ्यो। मैले आफूलाई शान्त पार्न ध्यान गर्ने प्रयास गरें, तर पनि रातभर निदाउनै सकिन।’

लजिस्टिक क्षेत्रमा कार्यरत तीन सन्तानका बुबा आचार्य लामो समयदेखि नियमित चिट्ठा किन्ने गर्थे। यसअघि चिट्ठामा उनले सबैभन्दा धेरै एक हजार डलर पुरस्कार जितेका थिए।

‘जब चिट्ठा जितेको कुरा मैले श्रीमतीलाई सुनाएँ, खुसी र उत्साहका आँशु खसे’, आचार्यले भने, ूअब आफ्नो घर किन्ने सपना सम्भव भएको थाहा पाएर हामीले राहत महसुस गर्यौं।’

उनले आगामी दिनमा पनि नियमित चिट्ठा किन्ने उल्लेख गर्दै भने, ‘चिट्ठा किनिएन भने पुरस्कार पनि पर्दैन।’ -नेपाल टच’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी