२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कमिसनको आरोपबारे जिल्ला प्रशासन कार्यालयले जिल्ला शिक्षा कार्यालयलाई लेख्यो पत्र

२०७२, १९ चैत्र शुक्रबार ०२:०७

सम्राट सिंह/चैत १९, बझाङ । प्राविधिकले कमिसन लिएर स्टिल ट्रस भवन निर्माणको जिम्मा एक व्यापारीलाई दिएको आरोप बारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बझाङले प्रतिक्रिया पठाउन जिल्ला शिक्षा कार्यालय बझाङलाई पत्र लेखेको छ ।

जिल्ला शिक्षाका प्राविधिक उत्तम बहादुर सिंह र लोक राज उपाध्यायले कमिसन लिएर हरिओम ट्रेड एण्ड सप्लायर्स लाई निर्माणको जिम्मा दिएको आरोप बारे विभिन्न संञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालयले पत्र लेखेको हो ।

प्राविधिकले विभिन्न विद्यालयहरुका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अर्को ठाउँमा बनाएको भवन पास नगर्ने भन्दै दवाब दिएपछि जिल्लाका झण्डै २० विद्यालयहरुले ट्रस भवन निर्माणको जिम्मा हरिओम ट्रेड एण्ड सप्लायर्सलाई दिएको आरोप लगाइएको थियो ।

विद्यालयका भवन तथा अन्य भौतिक निर्माणका कार्यहरु टेन्डर अथवा कोटेसन मागेर निर्माण गर्नुको सट्टा सिधै हरिओम ट्रेड एण्ड सप्लायर्स सँग सम्झौता गरी ट्रस भवन निर्माण गरेको भन्दै स्थानिय व्यापारीले समेत आपत्ती जनाएका छन ।

सप्लायर्स सँग ट्रस मात्र निर्माण गर्न २ कोठेको ४ लाख ८५ हजार र ३ कोठेको ६ लाख ८० हजार रकममा जिम्मा दिएको जनाएको छ । ग्रील उद्योग नै नभएको सप्लायर्सलाई ट्रस भवन निर्माणको जिम्मा दिएपछि यस कार्यको आलोचना भएको बुझिएको छ । आफुसँग ग्रील उद्योग नभएपछि हरिओम ट्रेड एण्ड सप्लायर्सले पनि २ कोठे भवनको ३ लाख ४० हजार र ३ कोठे भवनको ५ लाख १० हजार रकममा स्थानिय राजेश ग्रील उद्योगलाई निर्माणको जिम्मा दिएको थियो ।

जिल्ला शिक्षा कार्यालयबाट यस बर्ष १८ वटा ३ कोठे र १० वटा २ कोठे गरी जम्मा २८ वटा स्टिल ट्रस भवन निर्माण हुन थालेका छन । ३ कोठे भवन निर्माणको कूल लागत १९ लाख ५० हजार रहेको छ भने २ कोठे भवन निर्माणको लागत १३ लाख ५० हजार रहेको छ ।

विभिन्न संञ्चार माध्यममा ट्रस भवन निर्माणमा कमिसनको चलखेल भएको आरोप प्रकाशित भएको हुँदा यसको अनुसन्धानका लागि जिल्ला शिक्षा कार्यालयलाई पत्र लेखेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री