८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कमिसनको आरोपबारे जिल्ला प्रशासन कार्यालयले जिल्ला शिक्षा कार्यालयलाई लेख्यो पत्र

१९ चैत्र २०७२, शुक्रबार ०२:०७

सम्राट सिंह/चैत १९, बझाङ । प्राविधिकले कमिसन लिएर स्टिल ट्रस भवन निर्माणको जिम्मा एक व्यापारीलाई दिएको आरोप बारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बझाङले प्रतिक्रिया पठाउन जिल्ला शिक्षा कार्यालय बझाङलाई पत्र लेखेको छ ।

जिल्ला शिक्षाका प्राविधिक उत्तम बहादुर सिंह र लोक राज उपाध्यायले कमिसन लिएर हरिओम ट्रेड एण्ड सप्लायर्स लाई निर्माणको जिम्मा दिएको आरोप बारे विभिन्न संञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालयले पत्र लेखेको हो ।

प्राविधिकले विभिन्न विद्यालयहरुका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अर्को ठाउँमा बनाएको भवन पास नगर्ने भन्दै दवाब दिएपछि जिल्लाका झण्डै २० विद्यालयहरुले ट्रस भवन निर्माणको जिम्मा हरिओम ट्रेड एण्ड सप्लायर्सलाई दिएको आरोप लगाइएको थियो ।

विद्यालयका भवन तथा अन्य भौतिक निर्माणका कार्यहरु टेन्डर अथवा कोटेसन मागेर निर्माण गर्नुको सट्टा सिधै हरिओम ट्रेड एण्ड सप्लायर्स सँग सम्झौता गरी ट्रस भवन निर्माण गरेको भन्दै स्थानिय व्यापारीले समेत आपत्ती जनाएका छन ।

सप्लायर्स सँग ट्रस मात्र निर्माण गर्न २ कोठेको ४ लाख ८५ हजार र ३ कोठेको ६ लाख ८० हजार रकममा जिम्मा दिएको जनाएको छ । ग्रील उद्योग नै नभएको सप्लायर्सलाई ट्रस भवन निर्माणको जिम्मा दिएपछि यस कार्यको आलोचना भएको बुझिएको छ । आफुसँग ग्रील उद्योग नभएपछि हरिओम ट्रेड एण्ड सप्लायर्सले पनि २ कोठे भवनको ३ लाख ४० हजार र ३ कोठे भवनको ५ लाख १० हजार रकममा स्थानिय राजेश ग्रील उद्योगलाई निर्माणको जिम्मा दिएको थियो ।

जिल्ला शिक्षा कार्यालयबाट यस बर्ष १८ वटा ३ कोठे र १० वटा २ कोठे गरी जम्मा २८ वटा स्टिल ट्रस भवन निर्माण हुन थालेका छन । ३ कोठे भवन निर्माणको कूल लागत १९ लाख ५० हजार रहेको छ भने २ कोठे भवन निर्माणको लागत १३ लाख ५० हजार रहेको छ ।

विभिन्न संञ्चार माध्यममा ट्रस भवन निर्माणमा कमिसनको चलखेल भएको आरोप प्रकाशित भएको हुँदा यसको अनुसन्धानका लागि जिल्ला शिक्षा कार्यालयलाई पत्र लेखेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता