३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कार्यालयको लार्पबाहिले सिचाई योजना अलपत्र

२२ चैत्र २०७२, सोमबार १०:५३

सम्राट सिंह/चैत २२, बझाङ । सिचाई विकास डिभिजन कार्यालय बझाङको लार्पबाहिले जयपृथ्वी नगरपालिका १४ मा निर्माण हुन थालेको सिचाई योजना अलपत्र परेको छ ।

कार्यालयले साइड लाइन नदिदा आर्थिक बर्ष २०७२ असार ३१ गते सम्झौता भएको सुवेडा मल्लो जिउला सिचाई कुलो निर्माण योजना अलपत्र परेको हो । १ करोड १२ लाख कुल लागतमा निर्माण हुन थालेको सुवेडा मल्लो जिउला सिचाई योजना सम्झौता भएको ९ महिना बितिसक्दा समेत निर्माण कार्य अघि बढेको छैन ।

पटक–पटक निर्माण कार्यको साइड लाइन पाउँ भनि निवेदन दिदा पनि कार्यालयले हालसम्म साइड लाइन नदिदा योजना निर्माण कार्य अघि नबढेको योजना निर्माणको जिम्मा पाएका जागृती जनकल्याण निर्माण सेवा जेभिका प्रतिनिधि केशवराज कोइरालाले बताए । उनले भने योजना निर्माणका लागि सम्पूर्ण निर्माण सामग्री खरिद गरी योजना निर्माण स्थलमा पु¥याएको छु कार्यालयले लाइन नदिदा निर्माण सामग्री अलपत्र परेको छ ।

१५ सय मिटर पोलेथिन पाइप र ३ सय ३० मिटर आरसीसी गरी सिचाइ योजना निर्माण गर्नुपर्ने डिजाइन स्टमेटमा उल्लेख गरिएको छ । स्टमेटमा पाइप लाइन राखेको र उक्त योजना दिगो नहुने भन्दै माघ महिनामा सुवेडाका उपभोक्ताहरुले निर्माण कार्य रोक्न सिचाई कार्यालयलाई निवेदन दिएको थियो ।

पाइप लाइन राखेर सिचाई योजना निर्माण गर्दा बालुवा भरिने,पानी नबग्ने जस्ता समस्या देखा पर्ने हुँदा सिचाई कार्यालयले नयाँ डिजाइन स्टमेट गरी आरसीसी नहर निर्माण गर्नुपर्ने उपभोक्ता राजेन्द्र प्रसाद जोशीले बताए । आरसीसी नहर नबने सिचाइ योजना निर्माण कार्य अघि बढ्न नदिने समेत उनले भने ।
कार्यालयले यसरी लामो समय सम्म योजना निर्माणको लाइन नदिएपछि ठेकदारले निर्माण कार्य अघि बढाउन पहल गरीदिन जिल्ला प्रशासन कार्यालय,निर्माण व्यवसायी संघ र क्षेत्रीय सिचाई निर्देशनालय धनगढीमा निवेदन दिएको छ ।

सुवेडाको झण्डै ३ सय विघा खेती योग्य जमिनको सिचाइका लागी उक्त योजना र्निमाण हुन लागेको थियो । विगत लामो समय सम्म पहिरो ले नहर भत्काउने,नहर चुहिने जस्ता समस्या देखा पर्ने हुँदा आरसीसी नहर निर्माण गर्नुपर्ने गाउँलेहरुको माग रहेको छ ।

सिचाई योजनाको डिजाइन स्टमेट अनुसार काम गराउँन खोज्दा उपभोक्ताहरुले अवरोध गर्ने गरेको सिचाइ विकास डिभिजन कार्यालयका प्रमुख चक्र सिंहले बताए । उनले भने सुवेडाका उपभोक्ताहरुले आरसीसी नहरको माग गर्दा योजना अलपत्र परेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ