४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तरकारी खेतीबाट करोडौँ आम्दानी

२४ चैत्र २०७२, बुधबार ०२:४९

सम्राट सिंह/चैत २४, बझाङ । जयपृथ्वी नगरपालिका १४ घर भएका ६२ बर्षिय कृषक नवराज जोशीले तरकारी खेतीबाट करोडौँ आम्दानी गरेका छन ।

घर नजिकै रहेको ३ रोपनी जग्गामा बिभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती बाट उत्पादन भएका तरकारी बजारमा बिक्री गरी करोडौ आम्दानी गरेका हुन ।

२०४८ सालदेखि तरकारी खेती शुरु गरेका जोशीले तरकारी बिक्रीबाटै महेन्द्रनगरको पुर्नबासमा १० कट्टा र धनगढीको मनिहरामा २ कट्टा जमिन समेत खरिद गरिसकेका छन । उनले तरकारी बिक्रीबाट बार्षिक ६ देखि ८ लाख सम्म आम्दानी गर्ने गरेका छन ।

बझाङमा तरकारी खेतीबाटै करोडौ आम्दानी गर्ने मेहनती कृषकमा जोशी पर्दछन । १२ जना घर परिवार तरकारी खेती मै आस्रीत रहेका जोशीका ३ छोरा कृष्णराज,मनराज र प्रयागराज जोशी पनि काठमाडौमा बीएस्सी अध्ययन गर्दैछन ।

जोशीले तरकारी खेतीमा उत्कृष्ट कृषक छनौट भएपछि यसबर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पनि सम्मानित हुनु भएको थियो । जिल्लामा धान र गँहु गरी २ खेती मात्र गर्ने बझाङबासी हाल तरकारी खेतीतर्फ उन्मुख देखिएका छन । बझाङ जिल्लाको गाउँ गाउँमा पनि अहिले तरकारीको पकेट क्षेत्र बनाउन लागि परेका छन ।

गाउँमा कृषकहरु तरकारी खेतीमा उन्मुख भएपछि बाहिरी जिल्लाबाट भित्रिने तरकारीमा पनि कमी आएको छ । जिल्लामा तरकारी खेती गर्ने कृषकहरुको संख्यामा बृद्वि हुदै गएको जिल्ला कृषि विकास कार्यालयका जेटिए मदन राज जोशीले बताए । अहिले बझाङमा अर्गानिक तरकारीले बजार पाएको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी