७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत

८ माघ २०८१, मंगलवार १६:०७

काठमाडौँ | पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा साढे २० करोड पीसभन्दा बढी कण्डमको खपत भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा १ अर्ब १२ करोड ६३ लाख ६६ हजार रुपैयाँबराबरको २० करोड ६६ लाख ३१ हजार थान कण्डम नेपालमा आयात भएको छ ।

यो तथ्यांकअनुसार पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा कोभिडकाल र कोभिड वर्षलगत्तैको वर्षमा सवैभन्दा बढी आयात भएको पाइएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कोभिड काल थियो । कोभिड महामारी फैलिएका कारण त्यो वर्ष लकडाउन थियो । त्यो बेला नेपालीहरु घरमा बस्न बाध्य भएका थिए । घरमा बस्न बाध्य भएको वर्षमै सबैभन्दा बढी कण्डम आयात भएको हो ।

तथ्यांक अनुसार त्यो आर्थिक वर्षमा २४ करोड ४१ लाख ८८ हजार रुपैयाँबराबरको ६ करोड १ लाख ९ हजार ४ सय ७३ थान कण्डम नेपालमा आयात भएको थियो ।

लगत्तै कोभिडको प्रभाव रहेकै अर्को आर्थिक वर्ष २०७८/७९ मा पनि अत्यधिक आयात र खपत भएको छ । त्यो वर्षमा १६ करोड ३० लाख १६ हजार रुपैयाँबराबरको ५ करोड २८ लाख ३७ हजार ८७८ पीस कण्डम नेपालमा आयात हुनुका साथै खपत भएको थियो ।

चाखलाग्दो तथ्यांक के छ भने कोभिड वर्षअघिको आर्थिक वर्ष २०७६/७७ मा पछिल्लो साढे ६ वर्षको अवधिमा सबैभन्दा कम परिमाणमा कण्डमको आयात र खपत भएको थियो ।

त्यो वर्षमा १३ करोड ३० लाख ६९ हजार रुपैयाँबराबरको १ लाख ११ हजार ५६४ पीस कण्डमको आयात भएका थियो । तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ करोड ६२ लाख रुपैयाँबराबरको १ करोड ७७ लाख ४० हजार पीस कण्डम नेपालमा आयात भएको छ ।

यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँबराबरको ३ करोड ९२ लाख ३२ हजार पीस आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २१ करोड २८ लाख ४८ हजार रुपैयाँबराबरको ३ करोड ६५ लाख ९९ हजार पीस आयात भएको थियो ।

भारतबाट सबैभन्दा बढी आयात
नेपालमा आयात हुने कण्डमको कूल परिमाणमध्ये सबैभन्दा बढी भारतबाट आयात हुँदै आएको छ । कूल आयातमध्ये झण्डै तीन चौथाईभन्दा बढी भारतबाट आयात हुन्छ ।

त्यसपछि थाइल्याण्ड, मलेशिया, कोरिया, चीन, वंगलादेशलगायतका मुलुकबाट आयात हुँदै आएको छ । थाइल्याण्ड विश्वको सबैभन्दा ठूलो कण्डम निर्यात गर्ने मुलुक हो । दोश्रोमा भने भारत छ । थाइल्याण्डबाट मात्रै वार्षिक ३ खर्ब ४५ अर्ब ४८ करोड ६७ लाख नेपाली रुपैयाँबराबरको कण्डम विश्वभरको मुलुकमा निर्यात हुँदै आएको छ ।

यस्तै भारतबाट १ खर्ब २५ अर्ब ३१ करोड ४४ लाख नेपाली रुपैयाँबराबरको कण्डम विश्वबजारमा निर्यात गर्दैआएको छ । तेस्रोमा मलेशियाले १ खर्ब ११ अर्ब ५२ करोड ६३ लाख रुपैयाँबराबरको कण्डम निर्यात गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी