2026-08-29 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातारात एलडिओ भागेपछि सिडिओ कार्यकक्षको टेबुल तोडफोड


 नन्दराम जैशी/साउन ३, जुम्ला । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन् ।   

 जनताले गरेको विकासलाई लत्याउँदै भुक्तानी नदिई एलडिओ भागेपनि प्रशासन कार्यालय मुखदर्शक भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन् । प्रमुख जिल्ला अधिकारी सापकोटा, प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले र स्थानीय विकास अधिकारी वेल्वासेको मिलोमतोमा उपभोक्तालाई भुक्तानी नदिइएको उनिहरुले आरोप लगाएका छन् ।

 छेडादह सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन महताराले समुदायले कार्य सम्पादन गरेको प्राविधिक प्रतिवेदन स्थानीय विकास अधिकारीको कक्षमा पुग्दा समेत वास्ता नगरी एका एक भागेको भन्दै तत्काल फिर्ता वोलाएर कामको ज्याला उपलव्ध गराउन माग गर्नुभयो । कूल ८ लाख रुपैयामा बन्न लागेको सडक निर्माण कार्यको ५ लाख रुपैयाँमात्रै भुक्तानी गरेर एलडिओ भागेको बताइएको छ । 

 तत्काल एलडिओ बोलाएर भुक्तानी दिने वातावरण नमिलाए प्रशासन विरुद्ध आन्दोलन गर्ने स्थानीयले चेतावनी दिइएका छन् । यस्तै चोत्रा रामी दोहा हुदै मौरे सडकको निर्माणको २४ लाख ६० हजार रुपैया सम्झौता भएकोमा १८ लाख रुपैया भुक्तानी दिएर उम्कीएको भन्दै काम अनुसारको रकम उपलव्ध गराउन कन्ज्जुस्याई गरेको प्रति आपत्ती प्रकट गरीएको छ ।  

 स्थानीय विकास अधिकारी वेल्वासलेलाई प्रहरी नायव उपरीक्षक काफ्लेले स्कटिङ गरेर लगेको आरोप जुम्लावासीको छ । सोमबार राति एलडियो भागेपछि उहासँग कुनै सम्पर्क हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जनताले काम गरेको रकम उपलव्ध हुनेगरी स्रोत खोजेर संवोधन गर्न प्राविधिक कार्यालयका प्रमुख राजकुमार गोहितलाई निर्देशन दिनुभएको छ ।

 प्रमुख जिल्ला अधिकारी सापकोटाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएकाले आफूले बोल्न नमिल्ने समते बताउुभयो । एलडिओ कहिले कसरी गएको भन्ने वारे आफूलाई कुनै जानकारी नभएको उहाको भनाइ छ । 

स्थानीय विकास अधिकारी वेल्वासेमाथि आर्थिक लाभ उठाउन मनपरीरुपमा कोटेशन बाँडेको, उपभोक्ता समितिबाट कमिसन लिएको र बार्गेनिङका आधारमा योजनाको भुक्तानी दिने गरेको आरोप लागेको छ । एलडिओ रातारात भाग्दा प्रमुख जिल्ला अधिकारी मुखदर्शक भएको भन्दै असारे विकासको रकम कुम्ल्याउन सवैको मिलोमतो रहेको आशंका स्थानियले गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था