Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मौसम: न्यून चापीय प्रणालीको प्रभावका कारण यी ५ प्रदेशमा हिमपातको सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

मधेश प्रदेशका केही स्थानहरू र केही उपत्यकाहरुमा भने हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

आज मधेश र लुम्बिनी प्रदेशबाहेकका पाँच प्रदेशको मौसम आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा र कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा पनि मौसम बदली हुने महाशाखाले जनाएको छ ।