लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । गएराती परेको पानीले सडक माथिवाट बिभिन्न स्थानमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि–गोकुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । गएराती परेको पानीले सडक माथिवाट बिभिन्न स्थानमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि–गोकुले"/>
2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बांगाबगरमा पहिरो खस्दा बिहानैदेखी महाकाली राजमार्ग अवरुद्ध

लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । गएराती परेको पानीले सडक माथिवाट बिभिन्न स्थानमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्र्तगत पर्ने डिलाशैनी ६ बांगाबगरमा आज बिहान ५ बजे पहिरो जादा यातायात अबरुद्ध बनेको स्थानिय बासिन्दा सुरेश श्रेष्ठ जानकारी दिनुभयो ।

बांगाबगरमा माथिवाट आएको पहिरोका कारण सडक अबरुद्ध हुदा यातायात पुर्ण रुपमा बन्द भएको हो । अबरुद्ध सडक खुलाउन जेसिवी लगाईएको र दिउँसोसम्म सडक पुन सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय बैतडिले जनाएको छ । यातायातका साधन पुर्ण रुपमा बन्द हुदा बैतडीबाट बाहिरीने र भित्रीने लामो तथा छोटादुरीका यातायातका साधन रोकिएका छन । सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन ।

वि स २०६० सालमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

वि स २०६० साल असारमा आएको पहिरोले त्यो बेला बांगाबगर ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो । प्रत्येक बर्ष आउने पहिरोले बांगाबगर बासीलाई चिन्तित बनाएको छ ।

यस्तै महाकाली लोकमार्ग अन्तरगत पर्ने दार्चुलाको गोकुलेश्वर देखी सदरमुकाम खलंगासम्म पनेबाज, दत्तु, धाप, किम्तडि लगायतका बिभिन्न स्थानमा पहिरो खस्दा सडक पुरै अबरुद्ध बनेको छ । अहिले पहिरो पन्छ्याउँने काम भइरहेकोले दिउँसोसम्म सडक खुल्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डियसपी केदार खनालले जानकारी दिनुभयो । जिल्लाका बिभिन्न ग्रामिण सडकहरुसमेत अबरुद्ध हुदा आवतजावतमा निकै सास्ती खेप्नुपरेको यात्रुहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई