११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी उद्योग वाणिज्यसंघमा खड्का प्यानल बिजयी

२८ भाद्र २०७२, सोमबार ०३:१४

प्रकाश बम, भदौ २८, डोटी / उद्योग वाणिज्य संघमा नरेन्द्र खड्का नयाँ नेतृत्वका लागि निर्वाचित हुनु भएको छ । आईतबार सम्पन्न भएको मतगणनामा निवर्तमान अध्यक्ष बिरेन्द्र शाहलाई पराजित गर्दै उहा निर्वाचित हुनुभएको हो । एक जना सदस्य बाहेक उहाको पुरै प्यानल निर्वाचित भएको छ । खड्काले ५ सय १० मत प्राप्त गर्नु भएको छ । उहाका प्रतिद्वन्द्वी शाहले ३ सय ७२ मत प्राप्त गर्नुभयो ।

doti photo

उद्योग तर्फको उपाध्यक्षमा ४ सय ५४ मतका साथ बिक्रम बहादुर साउँद निर्वाचित हुनु भएको छ । उहाका प्रतिद्वन्दी शाह प्यानलका धन बहादुर शाहीले ३ सय ५० मत प्राप्त गर्नुभयो । बाणिज्य तर्फको उपाध्यक्षमा बम बहादुर धामी ३ सय ८३ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदबार नर बहादुर खड्काले एक सय ८८ मत प्राप्त गर्नुभयो । शाह प्यानलका शेर बहादुर बोगटीको एक सय ७४ मत मात्रै प्राप्त गर्नु भयो ।

सचिबमा प्रेम भण्डारीले २ सय को मतअन्तरले शाह प्यानलका केशर कठायतलाई पराजित गर्नुभयो । उहाहरुको क्रमशः ४ सय ७९ र दुई सय ७९ मत छ । कोषाध्यक्षमा पनि खड्का प्यानलकै रमेश जोरा ४ सय ३० मतका साथ निर्वाचित हुनुभयो । उहाका प्रतिद्वन्दी सन्तोष खड्काले २ सय ८६ मत प्राप्त गर्नुभयो । सचिबमा नयन सिँह बोहरा ४ सय २ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाकी प्रतिद्वन्दी कमला बोहराको ३ सय मत छ ।

सदस्यहरुमा खड्का प्यानलका सरस्वती खड्का ३ सय ५१ मत,खगेन्द्र जैशी ३ सय ४४ मत, लक्ष्मी श्रेष्ठ ३ सय ४३ मत, गणेश साउँद ३ सय ३७ मत, दिपक खड्का ३ सय २० मत, बम बहादुर बोगटी ३ सय १४ मत, खगेन्द्र बलायर ३ सय ७ मत र तेजराज भाट २ सय ८१ मतका साथ निर्वाचित हुनुभयो ।

शाह प्यानलका एकमात्र कुलराज जोशी २ सय ८७ मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनीबार राती अबेरसम्म चलेको मतदानमा कुल १ हजार २ सय ६६ मतदाता मध्ये एक हजार २१ जनाले मतदान गरेका थिए । खसेको मतमध्येबाट ९ सय ३४ मत सदर र ८२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । जित पछि नव निर्वाचित अध्यक्ष खड्काले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पुरा गर्दै सम्पूर्ण उद्योगी व्यापारीको मनोभावना अनुसार काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा