असोज १४, डोटी / बिषालू सर्पको टोकाईबाट डोटीमा एक बालिकाको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका वडा न. १४ पाकरीका १२ वर्षिय हिरा बिष्टको सर्पको टोकाईबाट ज्यान गएको हो ।
बिष्टलाई हिजो बेलुका साढे ८ बजेतिर छिमेकीको घर ज्याने क्रममा आफ्नै घरको आगनमा सर्पले टोकेको थियो । उपचारको लागि जिल्ला अस्पताल डोटीमा लगिएको भए पनि त्यहाँ उपचार हुन नसक्दा बिष्टको ज्यान गएको बताईएको छ ।