नन्दराम जैशी/साउन ९, जुम्ला । आइतबार राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । 

राजमार्ग अवरुद्ध भएप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/साउन ९, जुम्ला । आइतबार राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । 

राजमार्ग अवरुद्ध भएप"/>

2026-10-15 01:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली राजमार्ग अबरुद्ध, हजारौँ यात्रु अलपत्र


नन्दराम जैशी/साउन ९, जुम्ला । आइतबार राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । 

राजमार्ग अवरुद्ध भएपछि सयौँ यातायात व्यवसायी र हजारौ हजारौ यात्रुहरु अलपत्र परेका हुन् । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अन्र्तगत दैलेखमा पर्ने दैखोला देखि घट्टेखोला सम्मको करिब १ सय २० मिटर सडक खण्डमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । 

पहिरोका कारण ५ सय बढि साना ठुला यातायातका साधन अवरोद्धमा परेक छन् । निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाका अनुसार अवरुद्ध सडक खुलाउनका सडक डिभिजन कार्यालय जुम्लालाई निर्देशन दिइएको छ । 

सडक खुलाउनका लागि नियमति काम गरेपनि करिब ४÷५ दिन लाग्न सक्ने अनुमान सडक डिभिजन कार्यालय जुम्लाले गरेको छ ।

 अवरुद्ध सडक खुलाउन काम शुरु

विगत दुई हप्ता दिनदेखि अवरुद्ध भएको जुम्ला नाग्म देखि मुगु गमगढी सडक संचालनका लागि सडक डिभिजन कार्यालय जुम्लाले काम थालेको छ । कार्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डको विभिन्न स्थानमा गएको पहिरो र बर्षाको हिलोका कारण दुई हप्ता यता सडक खण्ड अवरुद्ध भएको छ । 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख अंगलाल रोकायाका अनुसार अवरुद्ध सडक खुलाउन विगत तिन दिनदेखि निरन्तर स्काभेटर खटाएर काम गर्न शुरु गरीएको छ । उहाले भन्नुभयो, सडक खुलाउन निरन्तर हाम्रा कर्मचारी फिल्डमा बसेर काम गरीरहेका छन् । काम रप्तारले गरेपनि बर्षाले सडक हिलो र पहिरो खस्दा समस्या भएको हो । सडकको पहिरो पन्छाउने र हिलो हटाउने काम जारी छ । 

जुम्ला सिंजा क्षेत्रमा सडकको ३ ठाँउमा पहिरो गएको अवगत गराउदै सवारी संचालनमा समस्या भएको रोकायाको भनाइ छ । त्यस्तै मुगुको ताल्चा विमानस्थल नजिक सडकमा हिलै हिलोका कारण सवारी संचालन हुन नसकेकोले हिलो हटाउन समस्या भएको उहाले बताउनुभयो । सडक खण्डको दर्जनौं ठाउँमा अवरुद्ध भएपछि मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका अन्य बस्तीहरुमा दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि हुन थालेको स्थानियको भनाइ छ । 

नाग्म गमगढी सडक खण्डको ९० किलोमिटर कच्ची साघुरो सडक अवरुद्ध भएपछि साना तथा ठूला मालबाहक गाडि तथा अन्य सवारी साधनहरु बस र जिपहरु ठाँउ ठाउमा रोकिएका छन् । 

लगातार बर्षातले सडक अवरुद्ध हुँदा स्थानियलाइ आवत जावतमा समस्या भएको छ । भने आपत्कालिन बिरामीहरुलाई समेत उपचारका लागि बाहिर लैजान असहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित