Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

देशका यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

By साझासवाल

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहेको छ। केही स्थानमा बिहानको समयमा हुस्सु लागेको देखिएको छ।

गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा अन्य पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। केही स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।