२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जनमोर्चाद्धारा मोदीको पुत्ला दहन

२२ आश्विन २०७२, शुक्रबार ००:१७

प्रकाश बम, असोज २२, डोटी । राष्ट्रिय जनमोर्चा डोटीले भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको बिहिबार डोटीको सरस्वतीनगर गाबिसमा पुत्ला दहन गरेको छ । भारतिय प्रधानमन्त्रि मोदीको निर्देशनमा नेपालमा अघोषित नाकाबन्दि गरेको तथा नेपालको आन्तरिक मामीलामा हस्तक्षेप गरेको बिरोधमा जनमोर्चाले बिहिबार मोदीको पुत्ला दहन गरेको हो ।

नाकाबन्दि खुलागर,भारतिय बिस्तारबाद मुर्दाबाद,नेपालको आन्तरिक मामीलाको हस्तक्षेत्रप बन्द गर,पारबहन सुबिधा नेपालको अधिकार हो भन्ने जस्ता नारा लगाउदै निस्केका जनमोर्चाका कार्यकर्ताले पुत्लादहन गरेका हुन् । पुत्लादहन संगै संगै जनमोर्चाका केन्द्रिय सदस्य तथा सेतीमहाकाली ईन्चार्ज समेत रहेका मनोज भट्टको प्रमुख आतिथ्यमा सभा समेत भएको थियो । सो सभामा जनमोर्चाका जिल्ला अध्यक्ष बेणीमाधब जोशी,सचिब केशबनाथ योगी,जिल्ला कमिटी सदस्य रमेश अवस्थि तथा स्थानिय नेता मानबहादुर खड्काले भारतले गरेको अघोषित नाकाबन्दि बिरुद्ध मन्तब्य समेत राखेका थिए ।

सरकारले भारतिय झण्डा नजलाउन तथा भारतिय प्रधानमन्त्रि बिरुद्ध नाराबाजी र पुत्ला दहन नर्गन सबै आग्रह गर्दै र सो कार्य रोक्न सुरक्षा निकाएलाई निर्देशन दिएपछिन डोटीमा जनमोर्चाका नेता कार्यकर्ताहरु भारत बिरुद्ध आक्रोसित हुदै मोदीको पुत्ला दहन गर्न थालेका छन् । भारतले नेपालको आन्तरिक मामीलामा हस्तक्षेप बन्द नगरे तथा अघोषित नाकाबन्दि नहटाए सम्म आफुहरुले आन्दोलन गर्न नछाड्ने जिल्ला सचिब केशबनाथ योगीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन