Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हनुमानढोका हत्या प्रकरण : थप्पड हानेको रिसमा भाटा प्रहार गर्दा मृत्यु

२०८१, ९ फाल्गुन शुक्रबार १३:३५

काठमाडौँ | हनुमान ढोका हत्या प्रकरणमा रातीको समयमा हिँडडुल गर्ने र लागूपदार्थ सेवन गर्ने व्यक्तिहरुबीच भएको सामान्य झगडाले हत्याको रुप लिएको खुलासा भएको छ ।

काठमाडौं प्रहरी परिसरका एक प्रहरी अधिकृतका अनुसार बुधबार राती भएको सो सामान्य झगडामा ललितपुरको कार्यविनायक घर भएका २८ वर्षीय सुसन शाक्यको मृत्यु भएको हो । प्रहरीका अनुसार रातीको समयमा सोही क्षेत्रमा टहलिँदै रहेका दुई बालकलाई शुरुमा शाक्यले झापड हानेका थिए ।

त्यही रिसमा ती बालकहरुले शाक्यलाई बासको भाटाले हान्दा शाक्यको अचानक मृत्यु हुन पुगेको थियो । भाटा हान्ने नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । नाबालक भएकाले उनीहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकहरुले प्रहरीसँग शाक्यले आफूहरुलाई गालामा थपड हानेपछि त्यही रिसमा उनको टाउकोमा भाटाले हानेको स्वीकार गरेका बताइएको छ ।

प्रहरीका अनुसार घटना भवितव्य रुपमा घटेको र ती बालकहरुको शाक्यलाई मार्ने योजना भने नरहेको पाइएको छ । ती बालकहरुले सामान्य रुपमा हानेको तर भवितव्य भई अचानक मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुई बालकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । सीसीटीभी फुटेजको आधारमा पहिचान गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले हत्या स्वीकार गरेको परिसरका एक अधिकृतले बताए ।

यो पनि:

हनुमानढोकामा मृत युवकको हत्या भएको निष्कर्ष, दुई किशोरले बाँसको भाटाले हिर्काएर हत्या गरे

काठमाडौँमा युवक मृत भेटिए, हत्याको आशंकामा दुई जना पक्राउ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली