२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा तिनजुरे पोष्टको लोकार्पण

२०७२, २६ आश्विन मंगलवार ०७:५६

प्रकाश धौलाकोटी/ असोज २६, तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङबाट तिनजुरे पोष्ट नामक अर्धसाप्ताहिक समाचार मूलक पत्रिकाको प्रकाशन आरम्भ भएको छ । हरेक घर सत्य तथ्य निष्पक्ष सूचना र जनचेतनाको लहर भन्ने ध्येयले सन्चालित पत्रिकाको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले आज एक कार्यक्रमका बीच लोकार्पण गर्नुभयो । जिल्ला विकास समितिको हलमा भएको कार्यक्रममा जिल्लामै पहिलो पटक अर्धसाप्ताहिक रुपमा प्रकाशन आरम्भ भएको पत्रिकाको लोकार्पण गर्दै प्रजिअ वस्तीले पत्रिकाको निरन्तरता र छिट्टै पाठकको मन जित्न शुभेच्छा दिनुभयो ।

terhathum

पत्रिकाका माध्यमबाट जनतामा सुसुचित गराई जिल्लाको शान्ति, सुरक्षा सुसासन र विकास निर्माण लगायतमा पनि सहयोग पुर्याउन उहाँले सुझाउनुभयो । कार्यक्रममा बोल्दै पुर्व जिविस सभापति किशोरचन्द्र दुलाल, स्थानीय शान्ति समितिका संयोजक देउनारायण सम्बाहाम्फे, पत्रकार महासंघ तेह्रथुमका पुर्व सभापति तथा उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्ले, गैरसरकारी संस्था महासंघका जिल्ला सचिव सन्तोष तिगेला र पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष उद्धव तिम्सीनाले पत्रिकाको निरन्तरताको शुभकामना दिएका थिए । कार्यक्रम पत्रिकाका सम्पादक रामबहादुर बाँनियाँको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने