२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा तिनजुरे पोष्टको लोकार्पण

२६ आश्विन २०७२, मंगलवार ०७:५६

प्रकाश धौलाकोटी/ असोज २६, तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङबाट तिनजुरे पोष्ट नामक अर्धसाप्ताहिक समाचार मूलक पत्रिकाको प्रकाशन आरम्भ भएको छ । हरेक घर सत्य तथ्य निष्पक्ष सूचना र जनचेतनाको लहर भन्ने ध्येयले सन्चालित पत्रिकाको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले आज एक कार्यक्रमका बीच लोकार्पण गर्नुभयो । जिल्ला विकास समितिको हलमा भएको कार्यक्रममा जिल्लामै पहिलो पटक अर्धसाप्ताहिक रुपमा प्रकाशन आरम्भ भएको पत्रिकाको लोकार्पण गर्दै प्रजिअ वस्तीले पत्रिकाको निरन्तरता र छिट्टै पाठकको मन जित्न शुभेच्छा दिनुभयो ।

terhathum

पत्रिकाका माध्यमबाट जनतामा सुसुचित गराई जिल्लाको शान्ति, सुरक्षा सुसासन र विकास निर्माण लगायतमा पनि सहयोग पुर्याउन उहाँले सुझाउनुभयो । कार्यक्रममा बोल्दै पुर्व जिविस सभापति किशोरचन्द्र दुलाल, स्थानीय शान्ति समितिका संयोजक देउनारायण सम्बाहाम्फे, पत्रकार महासंघ तेह्रथुमका पुर्व सभापति तथा उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्ले, गैरसरकारी संस्था महासंघका जिल्ला सचिव सन्तोष तिगेला र पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष उद्धव तिम्सीनाले पत्रिकाको निरन्तरताको शुभकामना दिएका थिए । कार्यक्रम पत्रिकाका सम्पादक रामबहादुर बाँनियाँको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन