९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

साथीको भर पर्दा अर्कै केटाको कोठामा पुर्याएपछि…

१२ श्रावण २०७४, बिहीबार १०:१३

साउन १२, झापा । आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । 

सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही गाउँपालिका–६ डाँगीवारी निवासी जीवन भनिने घनश्याम उप्रेती पक्राउ परेका हुन् । खरेलले उप्रेतीलाई फुपूको छोरा भन्दै चिनजान गराएको र उप्रेतीको कोठा पुर्याएपछि  आफूमाथि अनैतिक कार्य गरेको पीडित किशोरीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गत साउन ३ गते पीडित किशोरी परीक्षा दिन बिर्तामोड आएको समयमा उनकै साथी अञ्जनाले फुपूको छोरा भन्दै उप्रेतीसँग चिनजान गराएको र बिरामी काकीको मनमोहन अस्पतालमा उपचार भइरहेकाले सबैजना अस्पताल जाने भन्दै आफूलाई कोठामा राखेको उनको आरोप छ । 

“लामो समयसम्म खरेलले फुफू भनिएकी महिला कोठामा नआएपछि म कोठामा बस्न मानिनँ”, पीडित युवतीले भनिन्, “म कोठाबाट भाग्छु जस्तो लागेपछि उनीहरुले मलाई अस्पताल लाने बहानामा फिल्म देखाउन कृष्ण हल पुर्याए । मैले परीक्षा छ भन्दै फिल्म हेर्न नमानेपछि उनीहरु दुवैले मलाई कोठामा लगेर बन्धक बनाएर राखे ।” 

दुवैको सल्लाहबमोजिम मोबाइलसमेत खोसेर मलाई बन्धक बनाएपछि कसैलाई खबर गर्न नपाएको र ४ गते आफूले काम गर्ने संस्थाको सरको सहयोगमा इलाका प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिए पीडित किशोरीले भनिन्, “साथीले चिनाएको फुपूको छोरा राक्षस रहेछ मुस्किलले त्यो रात ज्यान जोगाए ।” 

पक्राउ परेकी किशोरीले जीवन आफ्नो फुपूको छोरा नभएको अनुसन्धानका क्रममा प्रहरीलाई बताएको प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए । उनकाअनुसार पीडित किशोरीको उजुरीका आधारमा जीवन र अञ्जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता