पढ्न करिब 2 मिनेट लाग्छ

टेक शाही/साउन १२, डोल्पा । श्रावण १२ डोल्पा । डोल्पाको मुड्केचुला गाँउपालिकाको केन्द्रको बिषयमा कुरा नमिले पछि बिबाद चर्किएको छ ।

केन्द्रको स्थान तोक्ने बिषयमा कुरा बाझिए पछि बैठक बसेको बेलामा स्थानियले स्वास्थ्य चौकिमा तोडफोड गरेका छन । यस भन्दा पहिले गाँउ कार्यपालिकाले निलदह भन्ने स्थानमा गाँउपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय हाम्रा लागि मान्य छैन भन्दै वडा नँ ६ नर्कूका स्थानियले साबिकको नर्कू गाविसमा हुनु पर्ने भनि तोडफोट गरेका स्थानियहरु बताउछन ।

इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकिको भवनमा बैठक बसेको बेला वडा नँ ६ का स्थानियले ढुङ्गामुढा गरे पछि स्थानिय ३ जना घाइते भएको र स्वास्थ्यचौकिको जस्तापाता,झयाल सिसा सबै क्षती भएका इलाका प्रशासन कार्यालय इलले जानकारि दिएको छ ।

घाइते हुनेमा मुड्केचुला गाँउपालिका वडा नँ ३ का तपिलदर बोहोरा,वडा नँ हर्क बुढा र बिष्णु बुढा रहेका छन । घाइतेको अबस्था समान्य रहेको इलका प्रशासनले जनाएको छ ।

नर्कुका स्थानियले हातपात गर्न खोजे पछि गाँउपालिकाका प्रम्रख,उपप्रमूख सहित ७ जना र गाँउपालिकाका कार्याकारि अधिकृत इलाका प्रशासन कार्यालयमा सुरक्षित रहेको इलाका प्रशासनका कर्मचारि मिनराज बुढाले जानकारि दिए ।

मुड्केचुला गाँउ पालिकाको आर्थिक बर्ष ०७४÷०७५ को बजेट पारित भएको भए पनि वडा नँ ६ का स्थानियले त्यो बजेट मान्य नह्ुने भन्दै फेरि बजेट पारित गनर््ु पर्ने नत्र कि त गाँउपालिकाको केन्द्र आफुले भनेको स्थानमा हुने पर्ने माग राखेका छन ।

जनताले माग राख्नु स्वभाविक भएको र छिटै् राजनितिक सहमतिबाट समास्याको समाधान हुनेमा आफु बिश्वस्त भएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए ।

हालको इलका प्रशासनको कार्यालय भएको ठाँउमा गाँउपालिकाका कर्मचारिहरु सूरक्षित रहेको र नर्कुमा जान इलका स्थानियले नदिए पछि कर्मचारि पनि इलकामा बसेको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक सुमित खड्गाले जानकारि दिए ।

गाँउपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिषयमा नै बिबात चर्किए पछि जनताका अन्य सेवा प्रवाहरु पूरै रोकिएका छन । बहुमतले पारित गरेको केन्द्र केहि वडाले नमाने पछि बिवादमा तानिएको हो । सबैको पायक पर्ने सुरक्षित र भर पर्दो ठाँउमा सहमतिमा गाँउपालिकाको केन्द्र तोक्न आफुले आग्रह गरेको नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाहीले बताए ।