Skip to content
Friday, July 17, 2026 Nepali Online Media

देशको अधिकांश भूभागहरूमा मौसम सफा रहने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भू–भागमा मौसम बदली र वर्षाको स्थिति थियो । आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मुख्यतय सफा रहने पूर्वानुमान छ ।

त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।

मौसम सुधारिएसँगै तापक्रम विस्तारै बढ्दै जाने विभागले बताएका छन् । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको छ । अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।