२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रमोदको ‘झुम्कावालीमा’ झुमे दिपायलमा दर्शक

२७ फाल्गुन २०७२, बिहीबार ०२:४८

pramod kharelप्रकाश बम/फागुन २७, डोटी । शुक्रबारबाट शुरु भएको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा बुधबार दिपायलमा दर्शक झुमेका छन् ।

आधुनिक चर्चित गायक प्रमोद खरेलले महोत्सवमा हेर्न आएका हजारौ दर्शकलाई आफ्ना विभिन्न चर्चित गीत गाएर रिझाएका थिए । दर्शकको माहोल बुझेका खरेलले रिझाउनका लागि विभिन्न गीतहरु गाएर दर्शकलाई पटक पटक नचाएका थिए ।

चर्चित गीत गाएर रिझाएका खरेलले पछिल्लो चोटी नयाँ गीत ‘ओइ झुमा झुम्कावाली’ बोलको गीतले दर्शकलाई बेस्सरी झुमाएका थिए । दर्शकले उनलाई ‘वान्स मोर’ भन्दै उफ्रिएका थिए । नयाँ गितलाई दर्शकको हुटिङ तथा मागका आधारमा गाएक खरेलललाई तिन पटक दोहर्याएर गाउन लगाईएको थियो । दर्शकहरु स्वतस्फूर्त उनीसँगै गाए र कम्मर मर्काइमर्काई नाचेर समेत साथ दिएका थिए ।

त्यस्तै चर्चित लोक तथा दोहरी गाएक मिलन लामा, विरता पुन मगर, लोक पप गाएक नविन प्रधान, देउडा गाएक राधा फुलारा, स्थायिय कलाकार निरज विक, लक्ष्मण विष्ट, अम्वीका राई, डान्सर अनुप विष्ट, सुस्मीता तामाङ, मिना नाम्जालि लगाएतका स्थानिय कलाकारको बेजोड प्रस्तूति रहेको थियो ।

त्यस्तै विहिबार चर्चित लोक तथा दोहरी गाएक राम जी खाँण,देउडा गाएक नरेन्द्र राज रेग्मी,टेलिश्रृङ्खलमा चर्चित पाडे शोल्टि,जिग्री बो्र, लोक तथा दोहरी गाएक विरता पुन मगर, चक्र बम लगाएत स्थानियकलाकारको बेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघ सदस्य तथा कलाकार संयोजक दिपक खड्काले जानकारी दिनु भयो । फागुन २१ गते देखी शुरु भएको महोत्सव ३० गते सम्म रहने डोटी उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी