२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

हाँसेपछि नाचे ‘महोत्सव ’हेर्न आएका दर्शक

२८ फाल्गुन २०७२, शुक्रबार ०४:०५

pade jigreeप्रकाश बम/फागुन २८, डोटी । बिहिबार “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा महोत्सव हेर्न आएका दर्शकले पेट मिचि मिचि हाँसेर पनि नाचेका छन् ।

शुरुमा भद्रगोलका चर्चित अर्जुन घिमीरे पाडे ,‘शोल्टि’र जिग्री ब्रोले आफ्ना प्रस्तुती देखाएर महोत्सव हेर्न आएका हजारौ दर्शकलाई निकै हसाएका थिए । समसामयिक बिषय वस्तुमा रहेर व्यग्यात्मक तरीकाले भद्रगोलका टिमले प्रस्तुती देखाएका हुन् । टिभिको पर्दामा देखेका हाँस्य कलाकाहरुलाई प्रतक्ष देख्दा दर्शक निकै खुशि देखिएका थिए ।

त्यस्तै भद्रगोलको टिमले दर्शकलाई हसाए लगत्तै उद्धघोषकले चर्चित लोक तथा दोहरी गाएक राम जि खाँणलाई मञ्चमा बोलाए पछि उनले आफ्ना विभिन्न चर्चित गितबाट मासलाई नचाएका थिए । आफ्ना चर्चित गितबाट मासलाई नै तताएका खाँण मञ्चबाट दर्शक कहाँ जाँदा मास थाम्न धौ धौ परेको थियो ।

दर्शकको माहोल बुझेका खाँणले ‘छल छल पानि गाग्रिमा’, ‘अध्यारोमा लाएको माया कालि छौ कि गोरी’ लगाएतका गित गाउदा स्वतस्फूर्त उनीसँगै गित गाएर कम्मर मर्काइमर्काई नाचेर समेत साथ दिएका थिए । सातौ दिन देउडा गाएक नरेन्द्र राज रेग्मी, चक्र बम, लोक तथा दोहरी गाएक विरता पुन मगर, स्थायिय कलाकार निरज विक, लक्ष्मण विष्ट, अम्वीका राई, डान्सर अनुप विष्ट लगाएतका स्थानिय कलाकारको बेजोड प्रस्तूति रहेको थियो ।

त्यस्तै शुक्रबार चर्चित गाएक राम चन्द्र काफ्ले,जुनु रिजाल, डेउडा गायक दिपेन्द्र प्रसाद दहाल, दोहोरी लोक पूर्ण संगम जेठारा ,स्थानिय देउडा गाएक निर्मला पाली,व्राइ स्टार क्लव धनगढीको न्यृत्य लगाएत स्थानिय कलाकाहरुको बेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका सदस्य तथा साँस्कृतिक संयोजक दिपक खड्काले जानकारी दिनु भयो ।

महोत्सवमा उद्धघोषक लोक तथा दोहरी गाएक रुपा जिएम मगर र ढाकाराम पौडेल रहेका छन् । फागुन २१ गते देखी शुरु भएको महोत्सव ३० गते सम्म रहने डोटी उद्योग वाणिज्य संघले जनाएको छ । बिहिबार सम्म टिकट बिक्रि,सेती नदीमा र्याफ्टीङ, अष्ट्रिज चरा र फोटो प्रदर्शनीबाट १४ लाख २४ हजार ७ सय दश रूपैया आम्दानी भएको डोटी उद्योग बाणिज्य संघ प्रेश सल्लाहाकार योगेन्द्र बलायर जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन