७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा

१२ चैत्र २०८१, मंगलवार १७:२७

पोखरा | पोखरामा सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा कास्की जिल्ला अदालतले दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको शव गत १० फागुनमा पोखरा-१४ स्थित लामापाटनको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा महिला शौचालय नजिक झुण्डिएको अवस्थामा फेला परेको थियो।

महतका परिवारका अनुसार उनी र सशस्त्र प्रहरी निरीक्षक विवेक जोशीबीच प्रेम सम्बन्ध रहेको थियो जसको कारण महतको मृत्यु दुरुत्साहनको परिणाम हो भन्ने आरोप लगाइएको छ। यसै आधारमा महत परिवारले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेपछि विवेक जोशी र हबल्दार रेशमबहादुर शाहीलाई पक्राउ गरिएको थियो।


कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार विवेक जोशी र रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन्। यसअघि कास्की प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अन्तर्गत अभियोग लगाएर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले ९ चैतमा अदालतमा अभियोगपत्र दायर गरेको थियो।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अन्तर्गत आत्महत्या दुरुत्साहनको मुद्दामा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिनु वा त्यसको वातावरण सिर्जना गर्नु अपराध मानिन्छ। आत्महत्या दुरुत्साहनको सजाय ५ वर्षसम्मको कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुन सक्छ।

सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महत २०७२ सालमा सिपाही पदमा भर्ती भएकी थिइन् र २०७८ सालमा असई र २०२२ मा निरीक्षक बनेकी थिइन्। घटनाको छानबिनका लागि सशस्त्र प्रहरी हेडक्वार्टरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो