2026-09-20 08:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा

पोखरा | पोखरामा सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा कास्की जिल्ला अदालतले दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको शव गत १० फागुनमा पोखरा-१४ स्थित लामापाटनको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा महिला शौचालय नजिक झुण्डिएको अवस्थामा फेला परेको थियो।

महतका परिवारका अनुसार उनी र सशस्त्र प्रहरी निरीक्षक विवेक जोशीबीच प्रेम सम्बन्ध रहेको थियो जसको कारण महतको मृत्यु दुरुत्साहनको परिणाम हो भन्ने आरोप लगाइएको छ। यसै आधारमा महत परिवारले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेपछि विवेक जोशी र हबल्दार रेशमबहादुर शाहीलाई पक्राउ गरिएको थियो।


कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार विवेक जोशी र रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन्। यसअघि कास्की प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अन्तर्गत अभियोग लगाएर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले ९ चैतमा अदालतमा अभियोगपत्र दायर गरेको थियो।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अन्तर्गत आत्महत्या दुरुत्साहनको मुद्दामा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिनु वा त्यसको वातावरण सिर्जना गर्नु अपराध मानिन्छ। आत्महत्या दुरुत्साहनको सजाय ५ वर्षसम्मको कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुन सक्छ।

सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महत २०७२ सालमा सिपाही पदमा भर्ती भएकी थिइन् र २०७८ सालमा असई र २०२२ मा निरीक्षक बनेकी थिइन्। घटनाको छानबिनका लागि सशस्त्र प्रहरी हेडक्वार्टरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो