प्रकाश बम/चैत ४, डोटी । डोटी जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएको एक महिनामा नयाँ कामको थालनी भएको छ ।
बुधबार दिउँसो सरकारी कार्यलयले संचालन गरीएका कार्यक्रम र योजनाहरुका बारेमा पत्रकार सम्मेलन गरी कार्यप्रगती प्रस्तुत गरीएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आर्चायको संयोजकत्वमा जिल्ला विकास समितिको सभाहलमा सरकारी कार्यलयका प्रमुखहरुको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरीएको हो । जिल्लामा पहिलो पटक यस्तो कार्य गरीएको भन्दै प्रशंसा समेत गरीएको थियो ।
यस कार्यलाई निरन्तरता दिदै जाने प्रमुख जिल्ला अधिकारी आर्चायले बताउनु भयो । जिल्ला स्थित सम्पुर्ण कार्यलयहरुले श्रावण देखि फागुन सम्म संचालन गरीएका कार्यक्रमका बारेमा जानकारी गराएको थियो । पत्रकाहरुले उठाएका जिज्ञासा आगामि दिन नदोहरीने गरी कार्य गर्न समेत पजिअले सुझाव दिएका थिए ।
प्रत्यक महिना पत्रकार भेटघाटका साथै कार्यलयमा समेत छड्के अनुगमन गरीने बताईएको छ । जिल्लामा भई गरेका कार्यका बारेमा शुसिचित गराउने उदेश्यले यस्तो कार्यको थालनि गरीएको उनले बताएका छन् । आफु सुचना बिभागमा काम गर्दा यस्तो थालनिले कार्य प्रभावकारी भएको बताउनु भयो ।