२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

“सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२” मा एक लाख भन्दा बढी फाईदा

१९ चैत्र २०७२, शुक्रबार १२:५३

प्रकाश बम/चैत्र १९,डोटी ।  “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा एक लाख भन्दा बढी फाईदा भएको डोटी उद्योग बाणिज्य संघले जनाएको छ । शुक्रबार दिपायलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो ।

फागुन २१ गते ३० गते सम्म भएको महोत्सव अवधिमा १ लाख ४० हजार नौ सय बिस रुपैया फाईदा भएको उद्योग बाणिज्य संघका कोषाध्यक्ष रमेश जोराले बताउनु भयो । जम्मा ५४ लाख १२ हजार सात सय पचास रुपैया आम्दानिमा ५२ लाख ७१ हजार आठ सय तिस रुपैया खर्च भएको उद्योग बाणिज्य संघ कोषाध्यक्ष जोराले बताउनु भयो । अनुगमन तथा मूल्याङ्कन व्यवस्थापन संजोजक तथा उद्योग बाणिज्य संघ सदस्य कुलराज जोशिले प्रतिबेदन सार्वजनिक गरेका थिए ।

पास टिकटको दुरुपयोग,रमाईलो मेला महोत्सव उद्धघाटनको समयमा नभएको ,अथिति सत्कार र होटलहरुको खर्च अत्याधिक, खर्च सिमा भन्दा बढी लगाएतका कुराहरु देखिएको जोशिले बताउनु भयो । पछिल्लो समय खप्तडमा पर्यटको सङ्ख्या बढेको र अझै बढाउन आफुहरु लागि परेको होटल व्यवसायि संघका अध्यक्ष तथा उद्योग वाणिज्य संघका सदस्य दिपक खड्काले बताउनु भयो ।

खुला सत्रमा जिज्ञासा राख्दै पत्रकाहरुले उद्योग बाणिज्य संघले गरेको कार्य प्रशंसनिय भएको बताएका थिए । त्यस्तै आगामि दिनमा क्षेत्रिय महोत्सवलाई क्षेत्रीय रुपमा लैजान सुझाव दिएका थिए । भेटघाट कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघशाखाका अध्यक्ष मिन बमले खप्तडमा भईरहेको करौडोको भष्ट्रचार कुरा उठाउनु पर्ने समेत बताए थिए । उद्योग बाणिज्य संघ अध्यक्ष नरेन्द्र खड्काले पत्रकारहरुले गरेको सहयोगको धन्यवाद दिदै आगामि दिनमा सुझावलाई मनन गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै ०७३ फागुन १२ देखि सुदुर पश्चिम क्षेत्रीय महोत्सव लाग्ने समेत भेटघाट कार्यक्रममा अध्यक्ष खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी