२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका छ स्थानिय तहमा नागरीकता बितरण गर्न घुम्ती सेवा सञ्चालन

२०७४, १९ श्रावण बिहीबार ०८:००

लोकेन्द्र प्रशाद जोशी/साउन १९, दार्चुला । दार्चुला जिल्लाका ६ ओटा स्थानिय तहमा बिहिबारबाट नागरीकता प्रमाणपत्र बितरण गर्न घुम्ती सेवा सञ्चालन भएको छ । 

आगामी निर्वाचनलाई मध्यनजर गरि फोटोसहितको परिचय पत्र सँगै नागरिकता वितरण हुने भएको हो ।

जिल्लाका मालिकार्जुन गाउँपालीका, शैल्यशिखर नगरपालीका, नौगाड गाउँपालीका, मार्मा गाउँपालीका र अपिहिमाल गाउँपालीकामा नागरीकता प्रमाणपत्र बितरण गर्न घुम्ती सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सोमबारबाट महाकाली नगरपालीकाबाहेक जिल्लाका ८ ओटा स्थानिय तह कार्यालयमा मतदाता नामावलि संकलनको कार्य भइरहेको छ । नामावलि संकलनको टोली रहेकै स्थानबाट बिहिबारदेखी साउँन ३२ गते सम्म नागरिकता प्रमाणपत्र वितरणको लागि जिल्ला प्रशासन कार्यालयबाट टोली खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

एक स्थानिय तहमा एक दिनको घुम्ति सेवा संचालन हुने कार्यक्रम तय गरिएको छ । पहिलो पटक नागरिकता प्रमाणपत्र लिने सेवाग्राहीलाइ सेवा दिइने भएपनि प्रतिलिपी नागरिकता सेवा भने दिन नसकिने जोशीले बताउँनुभयो । नयाँ नागरीकता बनाउँन योग्यता भएकालाइ आवश्यक कागजात सहितका प्रमाणहरु, तयारी अबस्थामा राखी मतदाता नामावलि संकलन गर्ने टोलीलाइ सम्पर्क गर्न अनुरोध गरीएको छ ।

साथै नागरीकता बितरण टोलीलाइ आवस्यक सहयोग गर्नकालागी उक्त समयमा उपस्थित भइदिन निर्वाचन जनप्रतिनिधि, वडा सचिव, सिफारिस कर्ता व्यक्ती स्थानिय कर्मचारी लगायत नागरिक समाजमा समेत आग्रह गरीएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी